सत्ता गठबन्धनबीच चुनावी तालमेल भए पनि चुनावी अभियानमा मतभेद सुरु भएको छ। सत्ता गठबन्धनले ६ महानगर र ११ उपमहानगरपालिकामा साझा उम्मेदवार उठाए पनि चुनावी अभियानमा सत्ता गठबन्धनबीच असमझदारी देखिएको हो।सत्ता गठबन्धनले साझा उम्मेदवार बनाए पनि चितवनको भरतपुर र पोखरा महानगरपालिकामा कांग्रेसबाट बागी उम्मेदवार दिएपछि सत्ता गठबन्धनमा आशंका शुरू भएको छ। भरतपुर महानगरपालिकामा गठबन्धनको साझा उम्मेदवार माओवादीका रेणु दाहालविरुद्ध काँग्रेसबाटै जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिनुभएको छ। पौडेललाई पार्टीले कारवाह