एमसीसीले सत्ता गठबन्धन धरमर, एमसीसी र गठबन्धनबीच कुनै सम्बन्ध छ त?

काठमाडौँ – अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) का कारण पाँचदलीय सत्ता गठबन्धन धर्मराएको छ। एमसीसीलाई प्रतिनिधिसभाबाट पारित गर्ने विषयमा गठबन्धनमा आबद्ध दलहरुले फरक–फरक धारणा व्यक्त गर्दा पाँचदलीय गठबन्धनको भविष्यमा आशंका उत्पन्न भएको हो। शनिबार पाँचदलीय गठबन्धनमा एमसीसीबारे समान धारणा बन्न नसकेपछि आइतबार बस्ने संसद बैठक १० दिन पर सारेर सहमतिको कोसिस गर्ने भनिए […]

सम्बन्धित सामग्री

कार्यकर्तालाई देउवाको आग्रह : मिल्नुहोला, नमिले अरुले जित्ला !

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलीय गठबन्धनलाई स्थानीय स्तरबाटै बलियो बनाएर अघि बढ्न सत्ता गठबन्धन दलहरूका सबै कार्यकर्तासमक्ष आग्रह गरेका छन् । केन्द्रमा राम्रो सम्बन्ध भएको भन्दै तल्लो तहसम्म पनि सोही अनुसारको सम्बन्ध अघि बढाउन उनले आग्रह गरेका हुन् ।

दाङमा सत्ता गठबन्धन : द्वन्द्वकालमा फाटेको सम्बन्ध सुधार्न समस्या

दाङ जनयुद्धकालमा माओवादीको आधार इलाका पनि हो । द्वन्द्वको बेला एकअर्काका विरोधी रहेका कांग्रेस–माओवादीबीच मनैदेखि सम्बन्ध सुधार्न समस्या भइरहेको छ । कतिपयले एकअर्काबाट धेरै नै यातना र क्षति व्यहोरेका कारण अहिले मन मिलाउन सक्ने अवस्थामा छैनन् ।

गठबन्धन–इतरबीच प्रतिस्पर्धा

घोराही र तुलसीपुर उपमहानगरपालिकामा सत्ता गठबन्धन बचाउने र भत्काउनेबीच तीव्र प्रतिस्पर्धा छ । गठबन्धनले इमानदारीपूर्वक भोट हालेमा मात्रै जित्न सकिने निष्कर्षसाथ सत्तारुढ दलहरू भित्रभित्रै सम्बन्ध बलियो बनाउने अभियानमा लागेका छन् ।

सरकार स्थानीय निर्वाचनबाट पछि भाग्दै छ : अध्यक्ष ओली

काठमाडौं । सत्ता गठबन्धन स्थानीय निर्वाचन पहिले कि संघको भनेर अलमलिएको छ । यसलाई प्रमुख प्रतिपक्षी एमालेले सरकार स्थानीय निर्वाचनबाट भाग्न खोजेको भनेर टिप्पणी गरेको छ । नेपालको संविधानले स्थानीय तहहरूको रिक्तताको परिकल्पना नै गरेको छैन । स्थानीय तहहरू जनतासँग प्रत्यक्ष सम्बन्ध राख्ने सबै भन्दा नजिकको सरकारको भूमिकामा छन् । अध्यक्ष केपी शर्मा ओलीले आइतबार […]

सत्ता गठबन्धन स्थानीय तहसम्मै : नेपाल

नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ पाँच दलीय गठबन्धनको केन्द्र देखि स्थानीय तहसम्म समन्वय संयन्त्र बनाएर अगाडि बढ्ने बताएका छन् ।अध्यक्ष नेपालले बिहीवार पार्टी केन्द्रीय कमिटी बैठकको समापनलाई सम्बोधन गर्दै सत्तारुढ पाँच दलीय गठबन्धनको बिचमा सम्बन्ध सुमधुर रहेको बताएका छन् । उनले बाहिर हल्ला भएजस्तो गठबन्धन टुट्ने, फुट्ने र सरकार ढल्ने कुनै सम्भावना […]