काठमाडौं । नागरिकता विधेयक प्रकरणमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएका पछिल्ला गतिविधिप्रति सत्तारूढ गठबन्धनका नेताहरू संशकित भएका छन् । यसबाट राष्ट्रपति र सत्तारूढ गठबन्धनबीच संशयको स्थिति पैदा भएको छ । गठबन्धन दलको बिहीबार बिहान बसेको बैठकमा नेताहरूले राष्ट्रपतिका गतिविधिप्रति आशंका व्यक्त गरेका थिए । राष्ट्रपतिले सेना प्रमुख तथा सुरक्षा निकायका अधिकारीहरूसँग गरेको छलफलप्रति उनीहरूको चासो थियो […]