तिहारै आयो लौ झिलिमिली: तिहार नजिकिएसँगै मखमली फूल टिप्न व्यस्त महिलाहरु( फोटो फिचर) - Naya Patrika
भक्तपुर–सूर्यविनायक नगरपालिका गुण्डु र चागुनारायण नगरपालिका ताथलीका महिलाहरु मखमली फूल टिप्न र माला गाँस्नमा व्यस्त छन् । तिहार एकसाता मात्र बाँकी हुँदा महिलाहरुलाई फूल टिप्न र माला गााँस्न भ्याइनभ्याइ छ...पूरा पढ्नुहोस् »
कात्तिक १८, काठमाडौं । नेपालीहरूको महत्त्वपूर्ण चाड हो तिहार । तिहारको महत्वपूर्ण पक्ष भनेको फूल पनि हो । तिहारमा सजावट, पूजा र भाइटीकामा मालाका लागि फूल नभइ हुन्न । यो बेला फूल किनबेच अधिक हुने गर्छ ।
यो मौसममा अनेकथरिका फूल फुल्ने गर्दछन् । मखमली र सयपत्री फूल त तिहारको विशेषता नै हुो । तिहारलाई फूलको पर्व पनि भनिन्छ । बत्ती, फलफूल र विभिन्न फूलहरुको पर्वको रुपमा लिइने तिहारको आगमनसँगै मुलुकभर फूलको व्यापार ह्वात्तै बढेको छ ।
काग, कुकुर, गाई, गोरु, म्हः पूजा र भाईटीकाको लागि अति आवश्यक पर्ने फूल राजधानीका सडकमात्र होइन मुलुकभर विक्रीवितरणको लागि राखिएका छन् । विशेषतः पहेंलो र रातो रंगको फूलहरुको माग तिहारमा धेरै हुने गर्दछ ।
लक्ष्मी पूजाको दिन बिहीवार कालिमाटी चोकमा सयपत्री फूल बेच्न ग्राहकको प्रतिक्षामा बसेका व्यापारी ।
प्रतिमाला १०० देखि २०० रुपैयाँसम्ममा विक्री हुने गरेको उनीहरुको भनाइ छ ।
यसपटक सयपत्री फूलखेतीमा किसानको आकर्षण बढेकोले पनि फूलको उत्पादन बढेको छ । यसपटकको तिहारमा फूल तयार हुने समय उपयुक्त भएको र कोरोना कहर मत्थर हुँदै गएकोले माग पनि दोब्बर बढेको किसानहरुले बताएका छन् ।
चितवनको कालिका नगरपालिका वडा नम्बर २ का फूल किसान गोविन्द बास्तोलाले यो वर्ष उत्पादनसँगै दिनहुँ माग पनि बढेको बताए । ‘पोहोर ७ कठ्ठामा फूल लगाउँदा मागपनि थिएन उत्पादन पनि थिएन उनले भने, अहिले डेढ बीघामा लगाएको छु माग पुर्याउनै सकेको छैन ।’
नेपालमा तिहारमा खपत हुने अधिकांश सयपत्री, मखमली फूल भारतबाट भित्रिने गरेको छ । फूलमा नेपाल लगभग आत्मनिर्भर भएपनि मालाका लागि सयपत्री फूल भने अझै भारतबाट आयात गर्नुपर्ने अवस्था रहेको व्यवसायीहरूले बताएका छन्।
नेपालमा तिहारमा मात्रै सयपत्रीका १६ लाख ओटा माला विक्री हुने गरेको फ्लोलिकल्चर एशोसिएशनले बताएको छ । स्वदेशी फूलमा आत्मनिर्भर बन्ने हो भने सरकारले फूलखेतीमा लागेका कृषकहरुलाई सहयोगका लागि आवश्यक नीति बनाउन आवश्यक रहेको व्यवसायीहरु बताउँछन् ।
काठमाडौं : फूलको चाडको रूपमा चिनिएको तिहार नजिकिँदै छ। तिहारका लागि बजारमा फूल र माला आउन थालिसकेका छन्।तिहारका लागि नै भक्तपुरको गुण्डुमा लगाइएको मखमली फूल ढकमक्क भएको भएको छ। व्यवसायीहरूले मखमली फूल टिप्न र बजारमा बिक्री वितरण गर्न सुरू गरिसकेका छन्। मखमलीको एउटा माला २५ देखि ३० रुपैयाँमा बिक्री हुने उनीहरूले बताए।फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष मीनबहादुर तामाङले यस वर्षको तिहारमा सयपत्री र मखमलीका १८ लाख ५० हजारवटा मालमा खपत हुने आँकलन गरिएको बताए। यस्तै १० करोड रुपैयाँ बराबरको माला कारो
काठमाडौं : दशैँ सकिएर तिहार नजिकिँदै छ। तिहारका लागि पुष्प व्यवसायीहरूले फूलमालाको बिक्री वितरण सुरु गर्न थालिसकेका छन्।भक्तपुरको चाँगुनारायण नगरपालिका–९, ताथलीस्थित वनमाला टोलमा ढकमक्क फूलेको मखमली फूलले तिहार नजिकिँदै गरेको झल्को दिएको छ।यहाँका स्थानीयवासी व्यावसायिक रुपमा फूलखेती गर्ने गर्छन्। उनीहरू तिहारका लागि मखमली फूल टिप्न र बजारमा बिक्री वितरण गर्नका लागि तयारी सुरू गरिसकेका छन्। मखमलीको एउटा माला ३० देखि ३५ रुपैयाँमा बिक्री हुने गर्दछ। यस वर्षको भाइटीका कात्तिक २० गते
काठमाडौं । तिहार नजिकिएसँगै भक्तपुरको गुण्डुमा मखमली फूल टिप्न किसान व्यस्त हुन थालेका छन् । किसान हरेकदिन बिहान फूल टिपेर दिउँसो फूलको माला उनिरहेको भेटिन्छन् । मखमली फूलको माला तिहारको भाइ टीकाको दिन दिदी–बहिनीले आफ्नो दाजु– भाइलाई लगाई दिने चलन छ । किसानले यहाँबाट प्रति गोटा २० देखि २५ रुपैयाँमा...
७ कात्तिक, काठमाडौं । तिहार नजिकिएसँगै भक्तपुरको सूर्यविनायक नगरपालिका-७ गुण्डुका फूल किसानहरुको चटारो सुरु भएको छ । तिहार आउन दुई हप्ताभन्दा पनि कम समय बाँकी रहँदा मखमली फूल टिप्ने र माला गास्ने काममा उनीहरु व्यस्त देखिन्छन् । गुण्डु क्षेत्रका खेतबारी, करेसाबारीमा मखमली फूल ढकमक्क फूलेका छन् । त्यहाँको वातावरण नै रंगीन देखिन्छ । बिहानपख फूल […]
हेटौंडा :कोदो फुल्यो बारीमा बरीलै...धानको बाला झुल्यो खेतैमा । नेपालीको महान् पर्व बडादशैँ आएको सङ्केत खेतमा झुलेका धान र बारीमा फुलेका कोदोका बालाले महसुस गराउँछन्। पछिल्लो समय कोदो लोप हुँदै गए पनि हेटौंडा-१२ पदमपोखरीका केही स्थानमा यति वेला धान र कोदोका बाला झुलेका छन्। कोदोका बाला फुल्दै छन् भने धानका बाला पाकेर झुल्न थालिसकेका छन्। तिहारमा फुल्ने सयपत्री र मखमली फूल भने यो वर्ष दशैँमा फूलेका छन्।