सूर्यविनायक नपा–७ गुण्डुमा म्हःपूजा तथा भाइटीकालाई नभई नहुने मखमली फूल टिप्दै स्थानीय कृषक महिला । आफ्नो खेतमा लगाएको व्यावसायिक मखमली फूल अहिले टिपेर माला उनेर राख्ने र तिहारमा बेच्न गरिन्छ । एक मालाको २५-३० रूपैयामा बिक्री हुने बताइएको छ ।
रामपुर । ‘मखमली फुल्दा मार्सीधान झुल्दा बहिनी आउनेछिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउनेछिन्’ प्रसिद्ध गायक नारायण रायमाझीले गाएको यो गीत सुन्दा अहिले पनि समय–सान्दर्भिक लाग्छ । पुराना पुस्ताले अहिले पनि भाइटीकामा मखमली फूल नै खोज्ने गर्दछन् । ‘दाइ मेरो कहाँ गयो मखमली फूल ओइलायो’ गायक रायमाझीकै गीतका यी शब्द सुन्दा परदेशमा रहेका दाजुलाई सम्झेर […]
महोत्तरीको जलेश्वरमा बिहीवार सयपत्री र मखमली फूल र फूलको माला बेच्न बसेका व्यापारी । लक्ष्मी पूजाका दिन सयपत्री फूल घरको झ्याल ढोकामा लगाउनुका साथै लक्ष्मी पूजा गर्न प्रयोग गरिन्छ । तस्वीर ; रासस
भक्तपुर, १० कात्तिक । तिहार नजिकिँदै गर्दा सूर्यविनायक नगरपालिका–७ गुण्डुमा व्यावसायिक रुपमा गरिएको फूलखेतीमा मखमली फूल टिप्दै किसान । मखमलीको माला भाइटीकामा दिदीबहिनीले दाजुभाइको लामो आयुको कामना गरी लगाइदिन्छन् । यो फूल कहिले नओइलिने भएकाले यसलाई दिघायू र स्वस्थ जीवनको प्रतीकको रुपमा लिइन्छ । तस्बिरः रमेश गिरी/रासस
तिहार नजिकिँदै गर्दा सूर्यविनायक नगरपालिका–७ गुण्डुमा व्यावसायिक रुपमा गरिएको फूलखेतीमा मखमली फूल टिप्दै किसान । मखमलीको माला भाइटीकामा दिदीबहिनीले दाजुभाइको लामो आयुको कामना गरी लगाइ दिन्छन् । यो फूल कहिले नओइलिने भएकाले यसलाई दीर्घायू र स्वस्थ जीवनको प्रतीकको रुपमा लिइन्छ । तस्वीर : रासस
तिहार नजिकिँदै छ । बारीभरि ढकमक्क फुलेका सयपत्रीदेखि राताम्मे देखिने मखमली फूल पनि बिक्री गरेर सिध्याउनु छ । भक्तपुर वनमालाका बासिन्दालाई यतिखेर भ्याइनभ्याइ भएको छ । बारीभरि लगाएको मखमली फूल टिपेर दिउँसो र साँझ माला उन्दै बस्छन्, चाँगुनारायण ताथलीका वनमाला । विगतमा वनमालाले मात्रै व्यावसायिक फूलखेती गर्दै आएपनि यसबाट राम्रो आम्दानी हुने भएपछि पछिल्ला केही […]
काठमाडौँ । तिहार नजिकिँदै छ । बारीभरि ढकमक्क फुलेका सयपत्रीदेखि राताम्मे देखिने मखमली फूल पनि बिक्री गरेर सिध्याउनु छ । चाँगुनारायण नगरपालिका–९ ताथलीका वनमाला टोलका बासिन्दालाई यतिखेर भ्याइनभ्याइ भएको छ । बारीभरि लगाएको मखमली फूल टिपेर दिउँसो र साँझ माला उन्दै बस्छन्, यहाँका वनमाला । विगतमा वनमालाले मात्रै व्यावसायिक फूलखेती गर्दै आएपनि यसबाट राम्रो आम्दानी […]