तिहारको झल्को सुरु, उनिन थाले मखमलीका माला (फोटो फिचर)

काठमाडौं : दशैँ सकिएर तिहार नजिकिँदै छ। तिहारका लागि पुष्प व्यवसायीहरूले फूलमालाको बिक्री वितरण सुरु गर्न थालिसकेका छन्।भक्तपुरको चाँगुनारायण नगरपालिका–९, ताथलीस्थित वनमाला टोलमा ढकमक्क फूलेको मखमली फूलले तिहार नजिकिँदै गरेको झल्को दिएको छ।यहाँका स्थानीयवासी व्यावसायिक रुपमा फूलखेती गर्ने गर्छन्। उनीहरू तिहारका लागि मखमली फूल टिप्न र बजारमा बिक्री वितरण गर्नका लागि तयारी सुरू गरिसकेका छन्। मखमलीको एउटा माला ३० देखि ३५ रुपैयाँमा बिक्री हुने गर्दछ। यस वर्षको भाइटीका कात्तिक २० गते