कम्युनिष्ट नेता टीकाराम खड्काले राजनीतिक रुपमा आफूले विश्राम लिएको जनाएका छन् । नेकपा एमाले दाङका निवर्तमान अध्यक्षसमेत रहेका खड्काले सामाजिक सञ्जाल फेसबुकमार्फत राजनीतिक यात्राबाट आफूले विश्राम लिएको जनाएका हुन् ।२० वर्षको उमेरमा विद्यार्थी संगठनमार्फत कम्युनिष्ट आन्दोलन, किसान आन्दोलनमा सहभागी हुँदै कम्युनिष्ट पार्टी संगठन निर्माणमा क्रियाशील हुँदै आएको उनले बताएका छन् । राजनीतिक आन्दोलनमा सहभागी हुँदै गर्दा ८ महिना जेल बस्नु परेको स्मरण गर्दै उनले विभिन्न समयमा भएका आन्दोलनमा आफूले सहभाग