नेकपा (एमाले) स्थायी कमिटी सदस्य प्रभु साह पक्षले एकलाैटी रुपमा राैतहटमा नयाँ नेतृत्व घाेषणा गरेकाे भन्दै अर्काे पक्षले विद्राेह गरेकाे छ । साह पक्षले त्रिभुवन साहलाई जिल्ला अध्यक्ष चयन गरेपछि निवर्तमान अध्यक्ष तुल्सीराज गिरी पक्षले अस्वीकार गरेकाे हाे ।एमाले नवौं जिल्ला अधिवेशनबाट साहको अध्यक्षतामा १ सय ३५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयनकाे घाेषणा गरिएकाे थियाे ।तर, गिरिले 'अध्यक्ष मन्डलद्वारा घोषित एकलौटी जिल्ला कमिटी अवैध' भनेका छन् । 'अधिवेशनको हलले जिल्ला कमिटीलाई अ