काठमाण्डाै – नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु अध्यक्षको जिम्मेवारी सुनिता बराललाई दिइएको छ । ललितपुरमा रहेकाे तुलसीलाल स्मृति प्रतिष्ठानमा आज शनिवार भएको केन्द्रीय सचिवालय बैठकले केन्द्रीय कमिटीलाई पुनर्गठन गर्दै बराललाई अध्यक्षमा निर्वाचित गरेको हो । निवर्तमान अध्यक्ष ऐन महरले बैठकमा राजीनामा दिएपछि बरालको अध्यक्षतामा चार सय ६ सदस्यीय केन्द्रीय कमिटी पुनर्गठन गरिएको सचिवालय सदस्य नारायण घर्तीले जानकारी दिनुभयो ।पुनर्गठित केन्द्रीय कमिटीले नै आउँदाे अखिलको २३ औँ महाधिवेशन गराउने उहाँले बताउनुभयो । यस्...