काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले स्थानीय तह निर्वाचनमा सेटिङ गरेर लाभ लिएको आरोप लगाएका छन्। मंगलबारको प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै आफू विगतदेखि नै गठबन्धनको विपक्षमा रहेको उल्लेख गर्दै उनले स्थानीय तह निर्वाचनमा गरिएको गठबन्धन सफल नभएको दाबी गरे। गठबन्धनभित्रका सिद्धान्त कुनै दलहरुले पनि पालना नगरेकाे बताए।अध्यक्ष भट्टराईले भने, ‘गठबन्धनको विषयमा त मेरो