काठमाडौं : नेकपा एमालेमा दुई पक्षबीचको विवाद टुंगो नजिक पुगेको छ। पार्टी एकताका लागि बनेको कार्यदलको शुक्रबार बसेको बैठकमा विवाद समाधान गर्ने समझदारी भएको हो।बैठकपछि कार्यदलका सदस्य प्रदीप ज्ञवालीले पार्टीमा एकता कायम गर्ने विषय टुंगोमा पुगेको बताए। सहमतिका बुँदा भने उनले खुलाउन चाहेनन्।‘बैठक निकै लामो, सौहार्द र सघन भयो। झण्डै सात घण्टाकाे बैठकपछि पार्टीको एकतालाई सुदृढ गर्ने सम्वन्धमा सहमतिमा पुगेका छौं’ ज्ञवालीले भने,‘सहमतिको दस्तावेजलाई अन्तिम रुप