एमाले एकताका लागि अनौपचारिक सहमति

नेकपा (एमाले) को केन्द्रीय कमिटीको आजको १३ औँ बैठकले आफ्ना पार्टीका कतिपय निवर्तमान सांसद्बाट विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर हुनु राष्ट्र र जनताका हितका समेत विपरीत भएको ठहर गरेको छ ।     “आफ्नो पार्टी नेतृत्वको सरकारलाई अपदस्थ गराएर विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन हाम्रो पार्टीका कतिपय सांसदहरू हस्ताक्षरसहित राष्ट्रपतिसमक्ष प्रस्तुत हुनु र तीमध्ये केही विपक्षी दलका नेतालाई प्रधानमन्त्रीमा नियुक्ति गराउन सर्वोच्च अदालतमा मुद्दाका पक्षधर बनेर प्रस्तुत हुनु नेप...

सम्बन्धित सामग्री

ओली-नेपाल मिलाउने प्रयास फेरि पनि असफल, माधवले गर्लान् त 'विद्रोह'?

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई मिलाउने प्रयास फेरि पनि असफल भएको छ। विघटीत कार्यदलका सदस्यहरु एकताका लागि भन्दै एक हप्तायता लगातार अनौपचारिक संवादमा थिए। तर, उक्त संवाद कुनै ठोस निर्णमा पुग्न नसकेको विघटित कार्यदलका सदस्यहरुले बताएका छन्। एमालेको विघटित कार्यदलले सुरुमा १० बुँदे सहमति गरेर…

एमाले स्थायी कमिटी बैठक स्थगित

काठमाडौँ। नेकपा एमालेको स्थायी कमिटीको आजको बैठक स्थगित भएको छ। पार्टी एकताका लागि कार्यदल स्तरमा भएको अनौपचारिक छलफलका सम्बन्धमा नेता सुवास चन्द्र नेम्वाङले जानकारी गराएका थिए। यसपछि बैठक अन्य विषयमा प्रवेश नगरी स्थगित भएको नेता सुवास चन्द्र नेम्वाङले बताए। उनले भने, ‘अध्यक्षको अनुमतिमा मैले पार्टी एकताका कुरा राखे । त्यसपछि भोलि ३ बजे बस्ने गरी बैठक स्थगित भएको हो।’

एमाले विवाद समाधानको अबको छलफल दशबुँदे सहमति र दुई अध्यक्ष हुने कि नहुने?

काठमाडौं। नेकपा एमाले पार्टीको आन्तरिक एकताका लागि थप प्रयत्नमा दुई विषय छलफलका लागि मुख्य बन्ने भएका छन्। शनिबार कार्यदलका सदस्यहरुको अनौपचारिक छलफलले कार्यदलले सहमति जुटाएको दशबुँदे सहमति र दुई अध्यक्षको सम्बन्धमा उठेको विषयलाई मुख्य आधार बनाएर सहमतिको प्रयास गर्ने भएको हो। अनौपचारीक छलफलपछि नेता गोकर्ण विष्टले भने, “छलफलले कुनै पनि हातलमा एमालेको पार्टी एकता कायम राख्नुपर्ने निष्कर्ष निकालेको छ।”

बझाङमा एमाले एकताको छलफल अन्तिम चरणमा

नेकपा (एमाले) भित्रको आन्तिरिक किचलो बढ्दै गएका बेला बझाङमा भने एमाले एकै ठाउँमा हुने भएको छ । पार्टी भित्रको आन्तरिक विवाद समाधानका लागि गठित कार्यदलको सुझावलाई आत्मासात गर्दै  एकताका लागि छलफल भइरहेको पार्टीका जिल्ला अध्यक्ष अफिलाल ओखेडाले बताए ।उनले भने, “पार्टी एकताका लागि भइरहेको अनौपचारिक छलफल अन्तिम चरणमा पुगेको छ । समन्वय तथा छलफल प्रभावकारी बन्दै गएको छ । जिल्लाभित्र र जिल्लाबाहिर रहेका नेताहरुसँग फोन तथा भेटेरै पनि छलफल भइरहेको छ ।” जिल्लाका शीर्ष नेताहरूबाट केही दिनभि

एमाले एकताको उल्झन : पहिले अदालतको मुद्दा, अहिले विश्वासको मत

३ साउन काठमाडौं । लामो अनौपचारिक सम्वाद र कार्यदल स्तरमा एक साता म्याराथन छलफल गरेर पार्टी एकताका लागि गरेको १०बुँदे सहमति संकटमा परेपछि नेकपा एमालेका दोस्रो तहका नेताहरुको दौडधुप सुरु भएको छ । शनिबार बिहान सिंहदरबारमा अनौपचारिक छलफलमा जुटेका नेताहरु साँझ पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका थिए । आइतबार वरिष्ठ […]

पार्टी एकताका लागि हाम्रो प्रयास जारी रहन्छः गोकर्ण विष्ट

काठमाडौं। नेकपा एमाले नेता गोकर्ण विष्टले पार्टी एकताका लागि आफूहरुको प्रयास जारी रहने बताएका छन्। एकता कार्यदल विघटन भएपनि शनिबारदेखि दुवै समूहका सदस्यहरु फेरि पार्टी एकताको प्रयत्नमा जुटेका हुन्। कार्यदलले गरेको दश बुँदे सहमतिलाई आधार बनाएर कसरी पार्टीको एकतालाई जोगाउने सन्दर्भमा नेताहरुबीच अनौपचारिक संवाद शुरु भएकोे नेता विष्टले जानकारी दिए। “हामी सबैको गम्भीर सरोकार पार्टी एकता जोगाउनु हो”–विष्टले भने।

पार्टी एकताको प्रयत्न जारी राख्न जुटे ओली र नेपाल पक्षका नेताहरू

काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्षधर नेताहरुको फेरि पार्टी एकता प्रयासमा जुटेका छन्। शनिबार सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा भएको छलफलमा पार्टी एकताको प्रयत्न जारी राख्ने विषयमा छलफल भएको नेता रघुजी पन्तले बताए। कार्यदल भंग भएपनि कार्यदलका साथीहरू पार्टी एकताका विषयमा अनौपचारिक छलफलमा रहेको भन्दै उनले भने,“पार्टी एकतालाई पूर्णता दिन छलफललाई निरन्तरता दिन्छौं।”

शनिवारको वार्ताले पनि लगाएन एमाले विवादको टुंगो, भोलि एमाले एकता घोषणा हुने दाबी

काठमाडौं : नेकपा (एमाले)को शनिवारको वार्ता पनि सहमतिमा पुग्न सकेन। आजको कार्यदलको वार्तापछि एमालेको एकता टुंग्याइने नेताहरुले शुक्रवारको बैठकपछि दाबी गरेका थिए। तर, आजको वार्ता पनि निष्कर्षमा नपुगेको कार्यदलका सदस्य गोकर्ण बिष्टले जानकरी दिए। ‘औपचारिक र अनौपचारिक रुपले हामी लागिरहेका छौँ। एकताका समस्या के थिए भन्ने सन्दर्भमा हामीले गम्भिरताका साथ…

एमाले विवाद सहमति नजिक

एमालेमा २०७५ जेठ २ मा फर्किने विषयमा मौखिक सहमति जुटेको छ । एकताका लागि अनौपचारिक वार्तामा संस्थापन र माधव नेपाल पक्षका नेताबीच भएको निरन्तर संवाद सहमति नजिक पुगेको हो । नेपाल पक्षीय नेता भीम आचार्यले २०७५ जेठ २ मा सबै संरचना जाने विषयमा मौखिक सहमति जुटेको बताए । उनले सहमति टिक्ने नटिक्नेमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको इमानदारीमा निर्भर रहने बताए । उनले सर्त राख्ने कुराले पनि निष्कर्षमा पुग्न केही ढिलाइ भइरहेको जानकारी दिए ।यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।