नेपालले आइसिसी १९ वर्षमुनि (यू-१९) क्रिकेट विश्वकप क्रिकेट एसिया छनोट-२०२५ को आयोजना गर्ने भएको छ । आगामी अप्रिल १२ देखि २१ तारिखसम्म हुने उक्त छनोट प्रतियोगिताको आयोजनाको जिम्मेवारी नेपालले पाएको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी महिला टी–ट्वान्टी विश्वकपको एसिया छनोट प्रतियोगिताका लागि आज २४ खेलाडी छनोट गरेको छ । मलेसियामा आयोजना हुने उक्त प्रतियोगितामा रुविना क्षेत्रीको कप्तानीमा क्यानले २४ खेलाडी छनोट गर्दै बन्द प्रशिक्षणमा बोलाएको हो । विश्वकपको एसिया छनोट आगामी अगष्ट २८ देखि सेप्टेम्बर ६ तारिखसम्म हुनेछ । एशिया छनोटमा सहभागी टोलीलाई दुई समूहमा …
काठमाण्डाै – नेपालले टि–२० विश्वकप एसिया क्षेत्र छनोट चरणको प्रतियोगिता गर्ने भएको छ । अमेरिका र वेस्ट इन्डिजले सन् २०२४ को जुनमा आयोजना गर्ने टी–२० विश्वकप क्रिकेटका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाललाई एसिया क्षेत्रको छनोट चरणको प्रतियोगिता आयोजना गर्न दिएको हो ।नेपालले नोभेम्बरमा एसिया क्षेत्र छनोटको खेल आयोजना गर्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दका अनुसार आईसीसीले नेपाललाई एसिया क्षेत्रको छनोट चरणको प्रतियोगिताको आयोजना अधिकार दिएको छ । यसअघ...
काठमाडौं : यू–१९ आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट क्रिकेटमा नेपाल र भुटानबीच प्रतिस्पर्धा भइरहेको छ। मलेसियाको किनरारा ओभलमा भुटानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले बलिङ गरिरहेको छ। यसअघि एउटा खेलमा जित र अर्को खेलमा हार व्यहोरेको नेपाल आज दोस्रो जितको खोजीमा मैदान उत्रिँदैछ। पहिलो खेलमा कतारलाई ७९ रनले पराजित गरेको १९ वर्ष मुनीको महिला टोली दोस्रो खेलमा युएईसँग ८ रनमा अलआउट भएको थियो। भुटानले भने यसअघिका दुवै खेलमा हार व्यहोरेको छ। नेपा
काठमाडौं : १९ वर्षमुनिको एसिया छनोट खेल्न नेपाली महिला क्रिकेट टोली बुधबार मलेसिया जाँदैछ। छनोट खेलमा सहभागी हुन जाने १४ खेलाडी, प्रशिक्षक र चारजना अफिसियललाई नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार नै कार्यक्रम गरी विदाइ गरेको छ।छनोट खेल मलेसियाको क्वालालम्पुरमा जेठ २० देखि २६ सम्म हुनेछ। एसिया छनोट प्रतियोगिताको विजेता टोलीले विश्वकप खेल्न पाउनेछ । छनोटमा नेपालसँगै भुटान, मलेसिया, कतार, युएई र थाइल्याण्ड छन्।नेपालले पहिलो खेल जेठ २० मा कतारसँग खेल्नेछ। आईसीसीले पहिलोपल्ट आयोजना गर्न लागेको म
नेपाली यू–१९ महिला क्रिकेट टोलीले आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्रीय छनोट मलेसियामा खेल्ने भएको छ ।मलेसिया क्रिकेट एसोसिएसनले एसिया छनोटको आयोजना गर्ने जिम्मा पाएको हो । आठ राष्ट्र सहभागी रहने प्रतियोगिताको छनोट सन् २०२२ को जुनमा हुनेछ ।प्रतियोगितामा मलेसिया, थाइल्याण्ड, चिन, यूएई, नेपाल, भुटान, म्यानमार र कतारले सहभागिता जनाउने छन् ।प्रतियोगिताको विजेताले सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छ ।छनोटमा सहभागिताका लागि गत सात
पहिलो खेलमा हार र दोस्रो खेलमा जित निकालेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आईसीसी महिला टी(२० विश्वकप एसिया छनोटको तेस्रो खेलमा बिहीबार आज कुवेतको सामना गर्दैछ । दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरू हुनेछ । प्रतियोगितामा कुवेतविरुद्ध खेल्दै गर्दा नेपाल दोस्रो जितको खोजीमा हुनेछ । नेपाल कुवेतलाई सहज रूपमा हराउँदै नेट रनरेट बढाएर शीर्षस्थानमा पुग्ने दाउमा हुनेछ । मंगलबार भएको दोस्रो खेलमा नेपालले भुटानलाई ८ विकेटले जितेको थियो । सोमबार