आइसिसी महिला विश्वकपको एसिया छनोटमा २४ खेलाडी छानिए

नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी महिला टी–ट्वान्टी विश्वकपको एसिया छनोट प्रतियोगिताका लागि आज २४ खेलाडी छनोट गरेको छ । मलेसियामा आयोजना हुने उक्त प्रतियोगितामा रुविना क्षेत्रीको कप्तानीमा क्यानले २४ खेलाडी छनोट गर्दै बन्द प्रशिक्षणमा बोलाएको हो । विश्वकपको एसिया छनोट आगामी अगष्ट २८ देखि सेप्टेम्बर ६ तारिखसम्म हुनेछ । एशिया छनोटमा सहभागी टोलीलाई दुई समूहमा …