एसिया छनोट खेल्न महिला क्रिकेट टोली आज मलेसिया जाने

काठमाडौं : १९ वर्षमुनिको एसिया छनोट खेल्न नेपाली महिला क्रिकेट टोली बुधबार मलेसिया जाँदैछ। छनोट खेलमा सहभागी हुन जाने १४ खेलाडी, प्रशिक्षक र चारजना अफिसियललाई नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार नै कार्यक्रम गरी विदाइ गरेको छ।छनोट खेल मलेसियाको क्वालालम्पुरमा जेठ २० देखि २६ सम्म हुनेछ। एसिया छनोट प्रतियोगिताको विजेता टोलीले विश्वकप खेल्न पाउनेछ । छनोटमा नेपालसँगै भुटान, मलेसिया, कतार, युएई र थाइल्याण्ड छन्।नेपालले पहिलो खेल जेठ २० मा कतारसँग खेल्नेछ। आईसीसीले पहिलोपल्ट आयोजना गर्न लागेको म

सम्बन्धित सामग्री

धेरैभन्दा धेरै अभ्यासको खाँचो छ : रुविना क्षेत्री

काठमाण्डाै - महिला राष्ट्रिय क्रिकेटकी कप्तान रुविना क्षेत्रीले खेलाडीलाई धेरैभन्दा धेरै अभ्यास खेलको खाँचो रहेको बताएकी छिन् । एसीसी महिला टी–२० च्याम्पियन्ससिपमा सहभागी भएर बिहान स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले धेरै भन्दा धेरै प्रतियोगितामा अवसर पाए नेपाली महिला क्रिकेट टोली अगाडि बढ्ने बताइन् । उनले सकेसम्म सबै खेलाडी काठमाण्डौमै बसेर अभ्यासलाई निरन्तरता दिने योजना बनाएको पनि बताइन् । यस्तै, अस्मिना कर्माचार्यले पनि मलेसिया भ्रमण राम्रो अनुभव लिने अवसर भएको र आउँदाे ...

नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं । एसीसी महिला टि-२० च्याम्पियनसिपका लागि मलेसिया गएको नेपाली महिला क्रिकेट टोली स्वदेश फर्किएका छ। नेपाली टोली आज (सोमबार) बिहान स्वदेश फर्किएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । नेपाल च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको थियो । युएईविरुद्धको पहिलो सेमिफाइनल वर्षाको कारण रद्द हुँदा नेपाल बाहिरिएको हो । समूह चरणमा समूह विजेता बनेको कारण युएई […]

अभ्यासको खाँचो छ : रुबिना क्षेत्री

काठमाडौं : एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपका लागि मलेसिया गएको नेपाली महिला क्रिकेट टोली स्वदेश फर्किएको छ। अन्तर्राष्ट्रिय प्रतियोगितामा औपचारिक सहभागितामै सिमित हुने गरेको नेपाली राष्ट्रिय टोली मलेसियामा सम्पन्न एसीसी महिला टी–२० च्याम्पियनसिपमा अभागी टोली बन्यो। एशिया कपमा स्थान बनाउने खुड्किलो एक कदम मात्र थियो। वर्षा बाधक बन्यो। अस्मिना कर्माचार्यको ५ विकेटको तारिफ योग्य बलिङ भएपनि वर्षा बाधक बन्दा एसियाकप यात्रा टुङ्गियो। सम्मुखकै उपाधि गुमाउँदा खेलाडी निरा

एसीसी महिला टी-२० च्याम्पियनसिपका लागि मलेसिया गएको नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ । एसीसी महिला टी-२० च्याम्पियनसिपका लागि मलेसिया गएको नेपाली महिला क्रिकेट टोली स्वदेश फर्किएको छ। टोली अघि बिहान स्वदेश आइपुगेको हो । वर्षाका कारण खेल प्रभावित हुँदा नेपाल च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको थियो। युएईसँगको पहिलो सेमिफाइनल खेल वर्षाको कारण रद्द हुँदा नेपाल बाहिरिएको हो । समूह चरणमा समूह विजेता बनेर फाइनल पुगेको युएईले मलेसियालाई हराएर […]

एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपको नेपाल समूह ‘बी’ मा

नेपाली राष्ट्रिय महिला क्रिकेट टोली एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा समूह ‘बी’ मा परेको छ । एसियन क्रिकेट काउन्सिलले बुधबार सार्वजनिक गरेको समूह विभाजनमा नेपाल ‘बी’ मा परेको हो । मलेसियामा आयोजना हुने च्याम्पियनसिप जुन १७ बाट सुरु हुनेछ । नेपालको समूहमा हङकङ, कुवेत, भुटान र बहराइन रहेका छन् । यस्तै समूह ’ए’  मा मलेसिया, युएई, ओमान, कतार र सिंगापुर रहेका छन् । नेपाली टोलीले केही दिनमा नै प्रशिक्षण थाल्नेछ ।

यू–१९ महिला क्रिकेट टिम आज मलेसिया जाँदै

काठमाडौं । नेपाली यू–१९ महिला क्रिकेट टोली आज बुधबार मलेसिया प्रस्थान गर्दैछ । सन् २०२३ मा दक्षिण अफ्रिकामा आयोजना हुने विश्वकपका लागि छनोट खेल्न नेपाली टिम मलेसिया जान लागेको हो । छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन् । शीर्ष टोलीले दक्षिण अफ्रिकामा हुने विश्वकप खेल्नेछ । नेपालले पहिलो खेल कतारसँग […]

यु–१९ महिला क्रिकेट टोली मलेसियाका लागि बिदाइ

आईसीसी यु–१९ महिला विश्वकप अन्तर्गत एसिया छनोटका लागि मलेसिया जाने नेपाली यु–१९ टोलीलाई मंगलबार बिदाइ गरिएको छ ।