जिल्ला अदालत मोरङमा, तस्करीको ३३ किलो सुनकाण्ड र सनम शाक्य हत्याकाण्डका अभियुक्तबारे थुनछेक बहस सुरू भएको छ। थुनछेक बहस भनेको उनीहरूलाई थुनामा राखेर सुनुवाइ गर्ने कि धरौटी वा तारेखमा राखेर गर्ने भन्ने बहस हो। जिल्ला न्यायाधीश नारायण प्रसाद शर्माको इजलासमा आज सरकारी वकिलले बहस सुरू गरेका छन्। यो मुद्दामा ८ सरकारी वकिलको टिम बनेको छ।…