अवैध सुन काण्ड : तस्करसँग मिलेर हुन्डी कारोबार गर्ने दुई जना पक्राउ

विराटनगर : विमानस्थलबाट भएको साढे ३३ किलो सुन तस्करीमा संलग्नसँग मिलेर अवैध रूपमा हुन्डीको कारोबार गर्ने दुई जना पक्राउ परेका छन्। दोलखा भीमेश्वर नगरपालिकाका मोतीराम श्रेष्ठ र झापा दमकका विनोद अधिकारी पक्राउ परेका हुन्। उनीहरूलाई गृह मन्त्रलायका सहसचिव नेतृत्वमा गठित छानविन समितिले पक्राउ गरी सोमबार जिल्ला प्...

सम्बन्धित सामग्री

एकै व्यक्तिद्वारा दुई अर्बको हुन्डी कारोबार

हुन्डी, अनलाइन जुवा, क्रिप्टो तथा अवैध रूपमा विदेशी विनिमय कारोबारमा संलग्न भएको आरोपमा थप तीनजना पक्राउ परेका छन् । गत ६ मंसिरमा पक्राउ परेका काठमाडौं बागबजारका रूपेश श्रेष्ठमाथि अनुसन्धान गर्ने क्रममा...

सुन र हुन्डीको अवैध कारोबारी पाण्डे ७ किलो सुन सहित पक्राउ

अवैध सुन र हुन्डी कारोबार गरेको आरोपमा न्युरोडका सुनचाँदी व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ।...

हुन्डी कारोबार गरेको आरोपमा ६९ लाख नगदसहित ३ जना पक्राउ

हुन्डी कारोबार गरेको आरोपमा ६९ लाखसहित ३ जना पक्राउ परेका छन् । प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ६९ लाख नगदसहित ३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाडौँको तार्केश्वर नगरपालिका–१० मनमैजु बस्ने ४५ वर्षीया माधव श्रेष्ठ, बारा महागढीमाई नगरपालिका–७ बेनौली घर भई काठमाडौँँ–१३ कुलेश्वर बस्ने ३३ वर्षीया सुनिलकुमार शाह र धनुषा जनकपुर उपमहानगरपालिका–३ घर भई हाल टेकु बस्ने ३३ वर्षीया अंकित गोयन्का रहेका छन् । घण्टाघर क्षेत्रमा गैरकानुनी रूपमा हुन्डीमार्फत् कारोबार भईरहेको भन्ने सूचना पाएपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट बुधबार टोली खटिएको थियो । टोलीले माधव श्रेष्ठमाथि विशेष निगरानी गरेको थियो।  श्रेष्ठले घण्टाघरस्थित जामे मार्केट भवनको सटर भाडामा लिएर संजोग टुर्स एन्ड ट्राभल्स प्रा.लि. नामक कम्पनी चलाउँदै आएका थिए । त्यहाँबाट प्रहरीले ६० लाख रुपैयाँ नगद बरामद गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट टोली पुगेकै बेला श्रेष्ठको अफिसमा सुनिलकुमार शाह हुन्डीको भुक्तानी गर्न आइपुगे । त्यसपछि प्रहरीले उनलाई पनि प्रहरीले नियन्त्रण लियो । सुनिलमार्फत उनीहरुले अंकित गोयन्काको लागि काम गर्ने गरेको पत्ता लाग्यो । त्यसपछि प्रहरीको टोली कलंकीस्थित अंकितले सञ्चालन गरेको आनी इन्टरनेशनलमा पुग्यो । त्यहाँबाट थप ९ लाख बरामद भयो । अंकितकै कार्यालयबाट १५ लाखको फास्ट ट्र्याक इन्टरनेसनल प्रा.लि.को नाममा काटिएको सानिमा बैंकको चेकसमेत बरामद भएको छ ।प्रहरीले उनीहरूमाथि थप अनुसन्धान गर्न राजश्व अनुसन्धान विभागमा पठाएको छ।

१८ लाखसहित दुई हुन्डी कारोबारी पक्राउ

पर्सा प्रहरीले अवैध हुन्डी कारोबार गर्ने दुई जनालाई आइतबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका -१० का २८ वर्षका चन्दन कुमार साह र सोही ठाँउका ४४ वर्षका ओमप्रकाश गुप्ता...

हुण्डी कारोबारी साह २० लाख नगदसहित पक्राउ

वीरगंज : पर्सा प्रहरीले हुन्डी कारोबार गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ। सोमवार बारा, विश्रामपुर गाउँपालिका ५ नकटुवा बस्ने वर्ष ३१ का चन्दनकुमार साहलाई पक्राउ गरेको पर्साका प्रहरी उपरीक्षक वेलबहादुर पाण्डेले जानकारी गराए। उनका अनुसार पूर्व सूचनाको अधारमा हिजो दिउँसो साढे १ बजे वीरगंज घण्टाघरबाट आदर्शनगर जादै गरेको ना.४८…

विभिन्न आवरणमा मौलाउँदै हुुण्डी कारोबार

वीरगन्जमा पछिल्लो समय अवैध वित्तीय (हुण्डी) कारोबार गर्नेहरुको संख्यामा वृद्धि हुँदै गएको पाइएको छ। पछिल्लो समय पक्राउ परेकाहरुको संख्या हेर्ने हो भने यहाँ विभिन्न आवरणमा हुण्डीको कारोबार मौलाइरहेको प्रशस्त आधार...

ज्वेलर्समा हुन्डी कारोबार, साढे ३८ लाखसहित सञ्चालक पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले साढे ३८ लाख रुपैयाँसहित दुई जना हुन्डी कारोबारीलाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका– ६ माइस्थान चोकमा सञ्चालित केपी ज्वेलर्सका सञ्चालक कन्हैयाप्रसाद सोनार र सोही ज्वेलर्समा कार्यरत दीपककुमार सर्राफ पक्राउ परेको पर्साका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए । प्रहरीले उक्त ज्वेलर्समा बुधबार छापा हानेको थियो । उनीहरूको साथबाट स्रोत […]

हुन्डी कारोबार गरेको आरोपमा नगदसहित एक जना पक्राउ

वीरगञ्ज – हुन्डी कारोबार गरेको आरोपमा प्रहरीले वीरगञ्जबाट एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१ बस्ने ६० वर्षीय स्वामीनाथ प्रसाद साह तेली छन्। प्रहरी चौकी इनर्वाले वीरगञ्ज–१६ शंकराचार्य गेटमा चेकजाँच गर्ने क्रममा भारतबाट ना८प १८७ नम्बरको मोटरसाइकलमा आउँदै गरेको अवस्थामा तेलीलाई पक्राउ गरेको हो। पक्राउ परेका उनको साथबाट स्रोत नखुलेको ६ लाख नगद […]

हुण्डीको २२ लाख नगदसहित ३ जना पक्राउ

काठमाडौं । मोरङको विराटनगरबाट प्रहरीले हुन्डी कारोबार गर्ने ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१३ घर भएका श्रवण शाह, रंगेली नगरपालिका बस्ने जिज्ञासा चौधरी  र झमेली चोक बस्ने ३३ वर्षीय अमृत कुमार साह सुडी छन् ।  विराटनगर महानगरपालिका–११ स्थित रोगशेष चोकमा चेकजाँच गर्दा २५ वर्षीय श्रवणको साथमा २१ लाख ७१ हजार नगद फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । श्रवणको बयानका आधारमा पक्राउ गरिएकी २५ वर्षीय जिज्ञासाको साथमा २३ हजार भारतीय रुपैयाँ