दाङ : उच्च अदालत तुलसीपुरले जिल्लाका स्थानीय तह तथा अन्य सम्बन्धित निकायलाई अन्तरिम आदेश जारी गरेको छ।
'औषधि र अक्सिजनको आपूर्ति सहज बनाउन, स्वाब संकलन र पिसिआर परीक्षण दायरालाई व्यापक विस्तार गर्न, सुविधासम्पन्न आइसोलेसन, आइसियू, भेन्टिलेटरको उपयुक्त व्यवस्थापन गर्नू/गराउन' भनी बिहीबार अदालतले अन्तरिम आदेश गरेको हो।
त्यस्तै अदालतले बालबालिका, महिला, ज्येष्ठ नागरिक र विपन्न वर्गलगायत विशेष संरक्षण गर्नुपर्ने समाजका सदस्यलाई क्वारेन्टाइन, आइसोलेसन केन्द्रमा राख्दा तथा औषधि उपचार गर्दा प्राथमि...