काठमाडौं : सर्वोच्च अदालतले पत्रकारहरुलाई प्राथमिकतामा राखेर खोप लगाउने व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ।न्यायाधीश डाक्टर कुमार चुडालको एकल इजलासले अग्रपंक्तिमा रहेर समाचार संकलन गर्ने पत्रकारलाई पहिलो खोप लगाएकालाई दोस्रो खोप र खोप नपाएकालाई दुवै खोपको व्यवस्था गर्न आज अन्तरिम आदेश जारी गरेको हो।निवेदकको तर्फबाट अधिवक्ता लीलानाथ घिमिरे र विष्णु कुमार गिरीले बहस गरेका थिए। पत्रकार तथा अधिवक्ता घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर रिट दायर गर