सर्वोच्च अदालतले ‘ज्येष्ठ नागरिक’ लाई घर–घरमा पुगेर कोभिड–१९ विरुद्धको खोप सेवा दिन सरकारलाई अन्तरिम आदेश गरेको छ । न्यायाधीश प्रकाशकुमार ढुंगानाले शुक्रबार सो आदेश गरेका हुन् । प्रवेश केसीले ज्येष्ठ नागरिकलाई खोपमा सहजता गर्न माग गरेर रिट, निवेदन दर्ता गराएका थिए ।खोप केन्द्रमा जान असमर्थ ज्येष्ठ नागरिक, विस्तारामा रहेका हिँडडुल गर्न नसक्ने, अस्पतालले पहिचान गरेको दीर्घ रोगीहरु तथा फरक क्षमता भएका र दुवै आँखा नदेख्नेहरुलाई घर–घरमा खोप सेवा दिन अदालतले अन्तरिम आदेश