उपचारार्थ काठमाण्डाै पुग्नुभएका गोविन्द तिवारी चिकित्सकको ‘काउन्सिलिङ’ (परामर्श) बाट निकै प्रभावित हुनुभयो । सोह्र वर्षअघि नारायणगढका सहिदचोकमा प्रहरीको राइफलको कुन्दाले कुटिएर ढाडमा‘ट्युमर’ पलाएपछि उपचार गर्न उहाँ काठमाण्डाै छिर्नुभएको थियो । यसो त आफ्नै परिवारका सदस्य चिकित्सक भए पनि उहाँले यस किसिमको परामर्श जिल्लामा कहिल्यै पाउनुभएन ।
उहाँ ढाडमा पलाएको ‘ट्युमर’को शल्यक्रिया गर्न वरिष्ठ स्पाइनल सर्जन डा.विनोद बिजुक्छेकामा पुग्नुभयो । उपचारपछि निको भएर चितवन फर्किनुभएका तिवारी ...