५३ जिल्लाका ३ सय बढी ठाउँमा अझै वन डढेलो

काठमाडौं : केही दिन यता देशभरका वनमा लागिरहेको डढेलो अझैसम्म नियन्त्रणमा आएको छैन। यो समाचार तयार पार्दासम्म मुलुकभर ५३ जिल्लाका विभिन्न वनमा गरेर ३ सय १५ ठाउँमा आगलागी भइरहेको छ।अछाम १२,अर्घाखाँची ५, बाग्लुङ २, बझाङ २, बाजुरा ५, बाँके १८,बारा ५, बर्दिया १२, भोजपुर ३,चितवन १०, डडेलधुरा ८, दैलेख ५,दाङ १४, दार्चुला ३,धादिङ ३, धनकुटा १, दोलखा २, डोटी १८,गोर्खा १, इलाम १, जाजरकोट ७,काभ्रेपलाञ्चोक ६, कैलाली ७ ठाउँमा डढेलो भइरहेको वन तथा भू-संरक्षण मन्त्रालयअन्तर्गत वन डढेलो पहिचान प्रणालीले

सम्बन्धित सामग्री

अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्नेलाई पुरस्कृत गरिने

अर्घाखाँची । डिभिजन वन कार्यालय अर्घाखाँचीले वन डढेलो नियन्त्रणमा उत्कृष्ट भुमिका निर्बाह गर्नेलाई पुरस्कृत गरिने भएको छ । गर्मी मौषममा डढेलो फैलिने भएपछि वन ढढेलो नियन्त्रणको लागि उत्कृष्ट भुमिका निर्बाह गर्ने वनका कर्मचारी,जनप्रतिनिधि, सुरक्षाकर्मी, पत्रकार, संघ, संस्था, समुह र व्यक्ति लगायतलाई १० हजारका दरले पुरस्कृत गर्ने निर्णय गरेको डिभिजन गरिएको कार्यालयअर्घाखँचीका सहायक वन अधिकृत यादव […] The post अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्नेलाई पुरस्कृत गरिने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

वन डढेलो रोकथाम गर्न विशेष अभियान

मध्यविन्दु (नवलपरासी), १ चैत । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा वन डढेलो रोकथामका लागि आजदेखि विशेष अभियान सञ्चालन गरिएको छ । जिल्लाका अधिकांश वन डढेलोको उच्च जोखिममा रहेपछि अभियान सञ्चालन गरिएको हो । वन डढेलो व्यवस्थापनका लागि निरोधात्मक उपाय अवलम्बन गर्दै यसबाट हुने जनधन र वनको क्षति न्यूनीकरण गर्न यही चैत ७ गतेसम्म ‘वन डढेलो सचेतना […]

वन डढेलो व्यवस्थापनमा सरकारी अलमल कहिलेसम्म?

सुभाषचन्द्र देवकोटा- वन जंगलमा लाग्ने अनियन्त्रित आगो नै वन डढेलो हो। नेपालमा हरेक वर्ष विशेषगरि गर्मी याम लागेपछि वन डढेलोबारे खुबै चर्चा हुनेगर्दछ, ठूला-ठूला बैठक र गोष्ठीहरु गरिन्छन्। वन डढेलोबाट मृत्यु भएका र घाइते हुनेहरुप्रति गोहीको आँसु चुहाइन्छ। जैविक सम्पदामा र वातावरणीय क्षेत्रमा परेको क्षतिहरुबारे परियोजनाहरुका पैसामा गफ चुटिन्छ। एक…

वन डढेलो रोकथामका लागि अभियान

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा वन डढेलो रोकथामका लागि विशेष अभियान सञ्चालन गरिएको छ । जिल्लाका अधिकांश वन डढेलोको उच्च जोखिममा भन्दै संरक्षणका लागि विशेष अभियान सञ्चालन गरिएको हो । वन डढेलो व्यवस्थापनका लागि निरोधात्मक उपाय अवलम्बन गर्दै वन डढेलोबाट हुने जनधन र वनको क्षति न्यूनीकरण गर्नका लागि चैत १ देखि ७ सम्म ‘वन डढेलो सचेतना सप्ताह’ कार्यक्रम सञ्चालन गरिएको डिभिजनल वन अधिकृत मोहनराज काफ्लेले बताए । सोअन्तर्गत फायरलाइन रेखा सफा गर्ने, डेमो गराउने, पातपतिंगर हटाउने तथा जलाउनेलगायत काम गरिएको छ । कार्यालयले समुदाय, वन कर्मचारी तथा सरोकारवाला निकायसँग अन्तरक्रिया गर्दै सप्ताहव्यापीरूपमा कार्यक्रमलाई अगाडि बढाएको डिभिजन वन अधिकृत काफ्लेले बताए । ‘चैत १ देखि सुरू भएको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत राजमार्ग सडक तथा भित्री सडक छेउछाउको पातपतिंगर हटाउने, सरसफाइ गर्ने र पूर्वतयारीका कार्यक्रम गरिएको छ,’ उनले भने । वनमा डढेलो लाग्न नदिन सबै नागरिकलाई सचेत हुन डिभिजन वन कार्यालयले आग्रह गरेको छ । डिभिजन वन कार्यालय नवलपुरका प्रमुख मोहनराज काफ्लेले यस जिल्लाको अधिकांश सामुदायिक वन डढेलोको उच्च जोखिममा रहेकाले सबैलाई सतर्क र सुरक्षा अपनाउन आग्रह गरे । डढेलोको बढी जोखिममा रहेका जिल्लामध्ये नवलपरासी (बर्दघाट सुस्तापूर्व) १६औं स्थानमा रहेकाले वन जोगाउन सबै व्यक्ति सचेत हुन आवश्यक रहेको प्रमुख काफ्लेले बताए । जिल्लामा ५८ प्रतिशत भूभाग वनजंगलले ढाकेको छ । ‘वन जंगलमा सुक्खा मौसमको समयमा लाग्ने आगलागी तथा डढेलोबाट हुन सक्ने नोक्सानी र डढेलो लाग्नै नदिने उपायबारे सरोकारवालालाई जानकारी गराउने काम गरिएको छ,’ उनले भने, ‘जिल्लामा वन डढेलोका कारण हुने गरेको क्षति, प्रभाव, वन डढेलोबाट वन जोगाउन खेल्नुपर्ने भूमिका र यसका चुनौतीका विषयमा व्यापकरूपमा सूचित गरिएको छ ।’ नेपालमा मानवीय कारणले गर्दा वनमा बढी डढेलो लाग्ने गरेको तथ्यांकमा देखिएको छ । मानवीय कारणले ९६ प्रतिशत, प्राकृतिक कारणले १ प्रतिशत र ४ प्रतिशत वन डढेलोको कारण थाहा नभएको काफ्लेले बताए । ‘घाँस पलाउने, च्याउ आउने भन्ने धारणका कारण वनमा आगो लगाउने, वन्यजन्तुको शिकारका लागिसमेत कतिपयले वनमा जानाजान आगो लगाउने गर्दा वन विनाश बढी हुने गरेकाले समुदायले यस्ता प्रवृत्तिको रोकथामका लागि काम गर्नुपर्ने देखिन्छ,’ उनले भने । डढेलोले जनधन, वन र जैविक विविधता तथा पारिस्थितिक प्रणालीमा समेत क्षति गर्ने हुँदा यसको रोकथाममा उपभोक्ता, वन हेरालु र वन उपभोक्ताको उपसमिति, नेपाली सेनासँग सहकार्य गरी अभियान सञ्चालन गरिएको हो । यसैबीच आगलागीका कारण निम्तिने विपद्लाई न्यूनीकरण गर्न जिल्लाकै देवचुली नगरपालिकामा फायर हाइड्रेन्ट जडान गरिएको छ । सम्भावित घटनालाई सहज वातावरण सृजना गर्न फायर हाइड्रेन्ट जडान गरिएको प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसालले बताए । ‘आगलागीजस्ता घटनामा दमकललाई तत्काल पानी भर्न सहज होस् भन्ने हेतुले फायर हाइड्रेन्ट जडान गरिएको हो,’ अध्यक्ष भुसालले भने, ‘यसअघि देवचुली नगरपालिका १४ र ११ नम्बर वडामा जडान गरिएको उक्त उपकरण अब बाँकी वडामा समेत जडान गरिने तयारी गरिएको छ ।’ रासस

पाल्पामा वन डढेलो नियन्त्रण गर्न चेतनामूलक कार्यक्रम सम्पन्न

पाल्पा । वन डढेलो नियन्त्रण गर्न पाल्पामा सप्ता हव्यापी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । पाल्पामा विगतका वर्ष डढेलो लाग्ने वन क्षेत्रमा सरसफाईका साथै चेतनामूलक र्‍याली र साँस्कृतिक कार्यक्रमको आयोजना गरिएकाे थियाे । यस वर्ष पनि यहि चैत १ गतेदेखि ७ गतेसम्म वन डढेलो नियन्त्रण सम्बन्धी कार्यक्रम आयोजना गरिएको हो । पाल्पामा वन डढेलो ९६ […]

वन डढेलो जोगाउन जनचेतना

पाल्पा । पाल्पामा गर्मी मौसम बढेसँगै वन डढेलो अत्यन्त जोखिम रहेकाले यसको नियन्त्रणमा विभिन्न प्रयासहरु थालिएको छ । डिभिजन वन कार्यालय पाल्पाले वनमा डढेलोबाट हुने क्षति र रोकथाम गर्न वन डढेलो जनचेतना सप्ताहव्यापी अभियान चलाएको छ । दश पालिका ८१ वटा वडाहरु मध्ये २७ वडा वन डढेलोको उच्च जोखिमा रहेका छन् । २९ वटा वडा […] The post वन डढेलो जोगाउन जनचेतना appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बाँकेमा डढेलो नियन्त्रणका लागि ‘दस्ता’ निर्माण गरिने

बाँकेका विभिन्न वनमा जथाभावी हुने डढेलो नियन्त्रणका लागि विभिन्न ठाउँमा वन डढेलो ‘दस्ता’ निर्माण गरिने भएको छ । कुनै कारणबस डढेलो लागेपछि त्यसलाई नियन्त्रण गर्न स्थानीय समुदाय र सरकारी निकाय...

वन डढेलो नियन्त्रण सप्ताह सुरु

काठमाडाैं । ‘वनमा डढेलो नियन्त्रण, जैविक विविधताको संरक्षण’ भन्ने मूल नारासहित आजबाट वन डढेलो नियन्त्रण सप्ताह सुरु भएको छ । डिभिजन वन कार्यालय झापाको आयोजना र मेची सव डिभिजन वन कार्यालय धाइजनको संयोजनमा वन डढेलो नियन्त्रण सप्ताह सुरु भएको हो । अभियानको उद्घाटन डिभिजन वन कार्यालय झापाका निमित्त कार्यालय प्रमुख जीवनप्रसाद पाठकले गर्नुभयो । डढेलो […]

झापामा वन डढेलो नियन्त्रण सप्ताह सुरू

झापा । झापामा ‘वनमा डढेलो नियन्त्रण, जैविक विविधताको संरक्षण’ भन्ने मूल नारासहित बुधबारबाट वन डढेलो नियन्त्रण सप्ताह सुरू भएको छ । डिभिजन वन कार्यालय झापाको आयोजना र मेची सव–डिभिजन वन कार्यालय धाइजनको संयोजनमा वन डढेलो नियन्त्रण सप्ताह सुरू भएको हो । अभियानको उद्घाटन डिभिजन वन कार्यालय झापाका निमित्त कार्यालय प्रमुख जीवन प्रसाद पाठकले गर्नुभयो । […]

वन डढेलो नियन्त्रण गर्न अग्नि नियन्त्रकको व्यवस्था

महेन्द्रनगर – कञ्चनपुरमा वन डढेलो नियन्त्रणका लागि यहाँका ६ वटा सब वन डिभिजन कार्यालयमा १२ जना अग्नि नियन्त्रकको व्यवस्था गरिएको छ । यहाँको वन तथा राष्ट्रिय निकुञ्जमा गर्मीयाममा डढेलोले वन क्षेत्रमा क्षति पुर्‍याउँदै आएको छ । डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकृत शिवराज अवस्थीले डढेलो नियन्त्रणको पूर्वतयारी भइरहेको जानकारी दिए। उनले जिल्लामा रहेका सब वन […]