भेट्रान रक्षक आल्भेस र सिल्भालाई ब्राजिलले टिममा बोलायो

एजेन्सी। ब्राजिलले भेट्रान रक्षक ड्यानी आल्भेस र थियागो सिल्भालाई विश्वकप छनोटका लागि राष्ट्रिय टिममा फिर्ता बेलाएको छ। इक्वेडर र पाराग्वेविरुद्ध खेल्नका लागि ब्राजिलका मुख्य प्रशिक्षक टिटेले ३८ वर्षे आल्भेस र ३६ वर्षे सिल्भालाई टिम राखेका हुन्। बार्सिलोनाका पूर्व रक्षक आल्भेस अहिले साओ पाउलोबाट खेल्दैछन्। सिल्भा चेल्सीबाट च्याम्पियन्स लिगको फाइनल खेल्दैछन्। ब्राजिल दक्षिण अमेरिकी छनोटमा सतप्रतिशत नतिजासहित शीर्ष स्थानमा छ।

सम्बन्धित सामग्री

दीलिप राणा स्मृति भेट्रान – सेमिफाइनल पुग्ने तीन टोलीको टुंगो लाग्यो

सुशिल पन्त क्षेत्री, भरतपुर स्व दीलिप राणा स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेट्रान कपमा सेमिफाइनल पुग्ने तीन टोलीको टुंगो लागेको छ । बिहीबार क्वाटरफाइनलका तीन खेल भएका छन् । चाबहिल भेट्रान, एनआरटी एफसी भेट्रान र डिफेन्डिङ च्याम्पियन फ्रिडम फाइटर भेट्रान सेमिफाइनलमा प्रवेश गरेका छन् । पहिलो खेलमा चाबहिलले आयोजक चितवन भेट्रान निलोलाई ३–१ ले हरायो । […] The post दीलिप राणा स्मृति भेट्रान – सेमिफाइनल पुग्ने तीन टोलीको टुंगो लाग्यो first appeared on हाम्रो खेलकुद.

बगर भाइखलक भेट्रान फुटबलको उपाधि जोरपाटी र संगमलाई

२७ माघ, पोखरा । पोखरामा भएको १३ औं संस्करणको बगर भाइखलक भेट्रान फुटबलको उपाधि जोरपाटी भेट्रान काठमाडौं र संगम भेट्रान पोखराले जितेका छन् । पोखरा टुँडिखेल मैदानमा शनिबार भएको फाइनलमा खेलमा ४० वर्षमाथि उमेर समूहमा जोरपाटी भेट्रान टिम च्याम्पियन बनेको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा जोरपाटी भेट्रानले नागस्वेती भेट्रानलाई सडेन डेथमा ८–७ ले हराउँदै उपाधि […]

फ्रिडम र कपन भेट्रान क्वाटरफाइनलमा

डिफेन्डिङ च्याम्पियन फ्रिडम फाइटर र कपन भेट्रान दोश्रो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।...

भेट्रान फुटबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिका वडा ७ को आयोजनामा दोश्रो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । प्रतियोगिता चन्द्रविनायक पार्क, चावहिल मैदानमा मंगलबारदेखि सुरु हुँदैछ । चावहिल स्पोट्स क्लब र चारुमति युवा क्लबको प्राविधिक सहयोगमा हुन लागेको प्रतियोगितामा मोफसलका ६ सहित २१ पुरुष टिमको सहभागिता रहने चावहिल स्पोर्ट्स क्लबका अध्यक्ष […] The post भेट्रान फुटबल हुने first appeared on Hamro Khelkud.

लन्डन म्याराथनमा नेपाली भेट्रान खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – लन्डन म्याराथनमा सहभागी हुन ३ पुरुष भेट्रान खेलाडीसहित ४ सदस्यीय नेपाली भेट्रान टोली बुधबार लन्डन प्रस्थान गर्दै छन् । अप्रिल २३ तारिखमा हुने म्याराथनमा रामकृष्ण महर्जनले ६५–७० वर्ष, शम्भुप्रसाद दाहालले ६१–६५ वर्ष र सन्जिव अर्यालले ४०–४५ वर्ष उमेर समूहमा दौड्ने छन् । सबैले फुल म्याराथनमा भाग लिने छन् । अफिसियलमा राधा […]

आयोजकलाई भेट्रान फुटबल उपाधि

विराटनगर (हाम्रो खेलकुद) – विराटनगरमा भएको ‘बन्टी भुजेल स्मृति रनिङ शिल्ड भेट्रान फुटबल’प्रतियोगिताको उपाधि आयोजक–११ ले जितेको छ । शनिबार राति भएको फाइनल खेलमा आयोजक–११ ले दमकको दमक–लखन भेट्रान क्लबलाई ३–१ गोल अन्तरमा पराजित गर्दै उपाधि जितेको हो । मध्यान्तर अघि दुवै टोली १–१ गोलको बराबरीमा रहेका थिए । मध्यान्तरपछि आयोजकले खेलको रणनीतिमा केही परिवर्तन […]

विराटनगरमा भेट्रान फुटबल खेल्दै पूर्वकप्तान सागर थापा

१४ भदौ, विराटनगर । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान सागर थापाले विराटनगरमा भेट्रान फुटबल खेलेका छन् । विराटनगरको शहीद मैदानमा हाल रात्रीकालीन भेट्रान फुटबल प्रतियोगिता भइरहेको छ । सोमबार राति भएको खेलमा आयोजक विराट मेगा भेट्रान क्लबलाई हाटखोला भेट्रान फुटबल क्लबले १०–० ले पराजित गर्दा थापाले २ गोल गरे । थापाको कप्तानीमा मैदान उत्रिएको हाटखोलाका […]

भेट्रान गोलरक्षक नुयर बायर्नमै रहने

एजेन्सी – जर्मन क्लब बायर्न म्युनिखका भेट्रान गोलरक्षक तथा कप्तान म्यानुएल नुयरले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् । बुन्डेसलिगा च्याम्पियन बायर्नले सोमबार आफ्नो भेट्रान गोलरक्षक नुयरले सम्झौता नवीकरण गरेको जनाएको छ । जर्मन गोलरक्षक नुयरले थप दुई वर्षको सम्झौता नविकरण गरेका हुन् । अब सन् २०२४ सम्म बायर्नमा रहनेछन् । बायर्नले यस सिजनको जर्मन बुन्डेसलिगाको […]

संगमलाई भेट्रान उपाधि

पोखराको संगम ‘बी’ले राष्ट्रिय नाइन ए साइड भेट्रान फुटबल प्रतियोगिताको उपाधिको जितेको  छ । पोखरा रंगशालामा मंगलबार सम्पन्न फाइनलमा संगमले काठमाडौंको सानो गौचरनलाई ३–० ले पराजित गर्दै उपाधि हात पारेको हो । संगमको जितमा...