८ महिनामा वैदेशिक रोजगार बोर्डले बाँड्यो ५० करोड बढीको सहायता
८ चैत, काठमाण्डौं । वैदेशिक रोजगार बोर्डले चालु आर्थिक वर्षको ८ महिनामा ५० करोड भन्दा बढी सहायता प्रदान गरेको छ । बोर्डले चालु आर्थिक ०७९/८० को साउनदेखि फागुन मसान्तसम्म ५० करोड ७१ लाख ९४ हजार …
नेपाल राष्ट्र बैंकले १२.५० प्रतिशत ब्याजदर दिँदा पनि वैदेशिक रोजगार बचतपत्र बिक्री हुन सकेन । चैत १० देखि गणना हुनेगरी जारी भएको ५० करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्रमा जम्मा २ करोड २४ लाख रुपैयाँ बराबरको मात्रै बिक्री भएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार माग गरिएभन्दा जम्मा ४.४९ प्रतिशत मात्रै वैदेशिक रोजगार बचतपत्र बिक्री भएको हो ।
काठमाण्डौ – नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि वैदेशिक रोजगार बचतपत्र खुला गरेको छ ।
यही फागुन १४ गतेदेखि चैत ३ गतेसम्मका लागि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ५० करोड रुपैयाँ बराबरको बचतपत्र निष्कासन गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ । वैदेशिक रोजगारीमा रहेका नेपाली तथा गैर आवासीय नेपालीले घटीमा १० हजार रुपैयाँ र बढीमा १० हजारले भाग गर्दा निःशेष भाग जाने गरी बचतपत्र किन्न पाउनेछन् ।
वैदेशिक रोजगारीबाट फर्किएको ६ महिना पूरा नभएका नेपाली नागरिक र गैर आवासीय न...
साढे १२ प्रतिशत ब्याजदर र अनलाइनमार्फत खरिद गर्न सकिने व्यवस्था हुँदा पनि करिब ८९ प्रतिशत वैदेशिक रोजगार बचतपत्र बिक्री भएको छैन । गत आर्थिक वर्षमा सरकारको आन्तरिक ऋण उठाउने प्रयोजनका लागि राष्ट्र बैंकले बिक्री आह्वान गरेको ५० करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्रमध्ये ११.३४ प्रतिशत मात्र बिक्री भएको छ ।
काठमाडौं, जेठ २०। नेपाल राष्ट्र बैंकले पाँच वर्ष समयावधि हुने ५० करोड रुपैयाँको ‘वैदेशिक रोजगार बचतपत्र २०८४’ बिक्री खुला गरेको छ । बचतपत्र आगामी असार ६ गतेसम्म बिक्री खुला हुने राष्ट्र बैंकले जनाएको छ । यो बचतपत्र निष्कासन यही असार १३ गते हुनेछ भने साँवा भुक्तानी २०८४ असार १३ गते हुनेछ । बचतपत्रमा देशबाहिर रोजगारीमा […]
नेपाल राष्ट्र बैङ्कले पाँच वर्ष समयावधि हुने ५० करोड रुपियाँको ‘वैदेशिक रोजगार बचतपत्र २०८४’ बिक्री खुला भएको छ । बचतपत्र आगामी असार ६ गतेसम्म बिक्री खुला हुने राष्ट्र बैङ्कले जनाएको छ । यो बचतपत्र निष्कासन यही असार १३ गते हुनेछ भने साँवा भुक्तानी २०८४ असार १३ गते हुनेछ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रत्येक आर्थिक वर्षमा सरकारका लागि आन्तरिक ऋण जुटाउन वैदेशिक रोजगार बचतपत्र विक्री खुलाए पनि यसमा खरीदकर्ताको आकर्षण भने न्यून देखिएको छ । हालसम्म १२ आर्थिक वर्षमा २१ पटक गरी १३ अर्ब ८ करोड ७९ लाख बराबरको उक्त उपकरण जारी भएकोमा ४ दशमलव ८८ प्रतिशत मात्रै विक्री हुन सकेको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार आर्थिक वर्ष २०६६/६७ देखि आव २०७७/७८ सम्ममा सो दरमा ६३ करोड ९३ लाख रुपैयाँ बराबरको मात्र वैदेशिक रोजगार बचतपत्र विक्री भएको छ ।
वैदेशिक रोजगारीमा संलग्न नेपाली नागरिक तथा गैरआवासीय नेपालीका लागि मात्र विक्री गरिने भएकाले पनि उनीहरूको माग कम हुँदा विक्री खासै हुन नसकेको राष्ट्र बैंकको भनाइ छ । बैंकका अनुसार गतवर्षदेखि कोभिडको प्रभावले विक्रीमा चुनौती भएको छ ।
कोभिड–१९ अघि पनि उक्त उपकरणमा आकर्षण न्यून थियो । तर अहिले कोभिडले झन् विक्रीमा असर परेपछि नेपाल राष्ट्र बैंकले पछिल्लो समय विक्री खुला गरेको ५० करोड रुपैयाँ बराबरको बचतपत्रका लागि असार १८ गतेसम्म अवधि थपेको छ । यसअघि जेठ १३ देखि असार ३ गतेसम्मका लागि विक्री खुला गरिएको थियो । अवधि थपिएको सो बचतपत्र असार २३ गते निष्कासन गरिनेछ । उक्त बचतपत्रमा गरेको लगानीलाई २०८३ असार २३ गते साँवासहित रकम फिर्ता हुनेछ ।
केन्द्रीय बैंकले सरकारको वार्षिक तालिका अनुसार वार्षिक १० प्रतिशत ब्याजदरमा वैदेशिक रोजगार बचतपत्र–०८३’ विक्री खुलाएको हो । यतिबेला खरीदकर्ताका लागि केन्द्रीय बैंकले अफर गरेको सो ब्याजदर राम्रो अवसर पनि हो । पछिल्लो समय बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर घटाएर ७–९ प्रतिशतको हाराहारीमा पु¥याएका छन् । नेपाल सरकारको तर्पmबाट नेपाल राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागले बचतपत्र खरीद गर्नेका लागि ५ वर्षको अवधिसम्म ६/६ महीनामा ब्याज भुक्तानी हुनेगरी उक्त बचतपत्र विक्री गर्नेछ । तर आम्दानी भएको ब्याजमा कर लाग्नेछ । यो बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन/दिन सकिन्छ ।
वैदेशिक रोजगारीमा गएका नेपालीलाई लक्षित गरी निष्कासन हुँदै आएको बचतपत्रका फाइदाबारे उनीहरूले विस्तृतमा थाहा नपाएकाले पनि यसको विक्री कम भएकोे राष्ट्र बैंकको भनाइ छ । वैदेशिक रोजगारीमा गएका अधिकांशको पहिलो प्राथमिकता आधारभूत आवश्यकता भएकाले न्यून संख्यामा खरीद हुने गरेको विभागको भनाइ छ ।\
कोभिड अघिसम्म राष्ट्र बैंकले यस्तो बचतपत्रको विक्री अवधि करीब ३ सातासम्म मात्र खुला गर्ने गर्दथ्यो । जोखिमरहित ऋणपत्र मानिएको यस बचतपत्रको खरीद भने अपेक्षित रूपमा नभएकाले अवधि थपिएको हो । वैदेशिक रोजगारीमा गएकाहरूको आर्जनलाई राष्ट्रिय पूँजी निर्माणमा परिचालन गर्ने उद्देश्यले सरकारले वैदेशिक रोजगार बचतपत्र जारी गर्दै आएको छ ।
उक्त बचतपत्र मुलुकबाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको ६ महीना नपुगेका नेपाली नागरिक वा गैरआवासीय नेपालीले आपूm वा आफ्नो परिवारका सदस्य (बुवा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरी मात्र)को नाममा खरीद गर्न सक्छन् ।
सरकारले मंगलबारदेखि आन्तरिक ऋण उठाउन थाल्ने भएको छ । ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचत पत्र र वैदेशिक रोजगार बचत पत्र मार्फत सरकारले आन्तरिक ऋण उठाउन लागेको हो । नेपाल राष्ट्र बैंकले अन्तिम चौमासिकमा १ खर्ब १२ अर्ब रुपैयाँ ऋण उठाउने जनाएको छ । ९१, १८२ र ३६४ दिने ट्रेजरी बिलबाट ६९ अर्ब ५० करोड रुपैयाँ, विकास ऋणपत्रबाट ४० अर्ब रुपैयाँ, २ अर्ब रुपैयाँ नागरिक बचत पत्रबाट र वैदेशिक रोजगार बचत पत्रबाट ५० करोड रुपैयाँ उठाउँन लागेको हो । यसअघि सरकारले पहिलो चौमासिकमा ५७ अर्ब र दोस्र
वैदेशिक रोजगारीमा रहेका तथा रोजगारीबाट स्वदेश फर्किएका नेपाली नागरिकलाई लक्षित गरेर नेपाल राष्ट्र बैङ्कले ५० करोड रुपियाँ बराबरको वैदेशिक रोजगार बचतपत्र बिक्री खुला गरेको छ ।
वैदेशिक रोजगारीमा रहेका र रोजगारीबाट स्वदेश फर्किएका नेपाली नागरिकलाई लक्षित गरेर राष्ट्र बैङ्कले शुक्रबारदेखि ‘वैदेशिक रोजगार बचतपत्र २०८२ ‘ख’’को बिक्री खुला गरेको हो । राष्ट्र बैङ्कका अनुसार बचतपत्र खरिदका लागि आगामी फागुन २ गतेसम्म आवेदन दिन सकिने राष्ट्र बैङ्कले जनाएको छ ।
निष्काशन मिति आगामी फागुन ८ गते तो...
वैदेशिक रोजगारीमा रहेका नेपालीको बचत गर्ने बानी बसाल्न नेपाल राष्ट्र बैङ्कले ५० करोड रुपियाँको वैदेशिक रोजगार बचतपत्र जारी गर्ने भएको छ । आगामी पाँच वर्षका लागि खुला गरिएको वैदेशिक रोजगार बचतपत्र २०८४ ‘क’को ब्याजदर १२ दशमलव ५० प्रतिशत तोकिएको छ ।