१२.५० प्रतिशत ब्याज पाइने वैदेशिक रोजगार बचतपत्रमा कसरी दिने आवेदन ? के के चाहिन्छ कागजात ?

नेपाल राष्ट्र बैंकले जेठ १८ गतेदेखि ५० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र बिक्रि खुला गरेको छ । राष्ट्र बैंकले जेठ १८ गतेदेखि असार ६ गतेसम्म आवेदन दिन सक्ने गरि  वैदेशिक रोजगार बचतपत्र बिक्रि खुला गरेको हो।५ वर्षे अवधिको यस बचतपत्रको नाम 'वैदेशिक नागरिक बचतपत्र २०८४' रहेको छ । यस बचतपत्र राष्ट्रबैंकले अर्ध वार्षिक रुपमा भुक्तानी हुने गरि वार्षिक १२.५० प्रतिशतको दरले ब्याज प्रदान गर्ने छ । ब्याज आयमा कर भने लाग्ने छ । यस बचतपत्रमा घटीमा दश हजार रुपैयाँ र बढीमा रु. दश हजारले भाग गर्दा नि:शेष भाग जाने गरी हुने आउने रकमको लागि आवेदन दिन सकिने छ । यो बचतपत्र मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली नागरिक वा गैर-आवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्य (बुवा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरी मात्र) को नाममा खरीद गर्न सक्ने छन्। यो बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन दिन सकिने छ।कसरी दिने आवेदन ?इच्छुक खरीदकर्ताले वैदेशिक रोजगार बचतपत्र खरीद गर्नको लागि राष्ट्र बैंकको वेबसाइट www.nrb.org.np अन्तर्गत Monetary Management भित्र रहेको अनलाइन प्रणालीमार्फत् आवेदन पेश गर्न सक्ने ब्यवस्था गरिएको छ । मिति २०७९ जेठ १८ गतेदेखि URL/Link: https://obss.nrb.org.np/saving/ मा राखिएको अनलाइन आवेदन प्रक्रियाअनुसार बचतपत्रको आवेदन अनलाइन प्रणालीमार्फत् भर्न सकिने व्यवस्था गरिएको छ । यसका अतिरिक्त राष्ट्र बैंकको वेबसाईट www.nrb.org.np/Monetary Management बाट वैदेशिक रोजगार बचतपत्रको आवेदन फारम डाउनलोड गरी आफलाई पायक पर्ने बिक्री एजेन्टको इजाजतपत्र लिएका बैंक तथा वित्तीय संस्थाहरुको सहयोग लिई अनलाईन आवेदन भर्न सकिने व्यवस्था समेत गरिएको छ । इच्छुक खरीदकर्ताले वैदेशिक रोजगार बचतपत्र खरीद गर्नको लागि यस बैंकको वेबसाइट www.nrb.org.np अन्तर्गत Monetary Management भित्र रहेको अनलाइन प्रणालीमार्फत् आवेदन पेश गर्न सक्ने ब्यवस्था गरिएको छ । मिति २०७९ जेठ १८ गतेदेखि URL/Link: https://obss.nrb.org.np/saving/ मा राखिएको अनलाइन आवेदन प्रक्रियाअनुसार बचतपत्रको आवेदन अनलाइन प्रणालीमार्फत् भर्न सकिने व्यवस्था गरिएको छ । यसका अतिरिक्त यस बैंकको वेबसाईट www.nrb.org.np/Monetary Management बाट वैदेशिक रोजगार बचतपत्रको आवेदन फारम डाउनलोड गरी आफलाई पायक पर्ने यस बिक्री एजेन्टको इजाजतपत्र लिएका बैंक तथा वित्तीय संस्थाहरुको सहयोग लिई अनलाईन आवेदन भर्न सकिने व्यवस्था समेत गरिएको छ । यस बैंकबाट इजाजतपत्र प्राप्त बिक्री एजेन्टहरुको सूची यस बैंकको वेबसाईट https://www.nrb.org.np मा Monetary Management मा तथा यसै सूचनासँगै राखिएको छ। बैंकबाट इजाजतपत्र प्राप्त बिक्री एजेन्टहरुको सूची यस बैंकको वेबसाईट https://www.nrb.org.np मा Monetary Management मा राखिएको छ। बिक्री एजेण्टका स्वदेश तथा विदेशस्थित कार्यालयमा फारम बुझाउन सकिने छ ।के के चाहिन्छ कागजात ?राहदानी, कार्यरत मुलुकको भिसा (भारत बाहेक अन्य मुलुकमा कार्यरत कामदारका लागि मात्र), कार्यरत कम्पनीको आधिकारिक परिचयपत्र (म्याद ननाघेको) को प्रतिलिपि, २ प्रति पासपोर्ट साइजको फोटो, विदेशी मुद्रा नेपालमा भित्रिएको प्रमाण स्वरुप विदेशी मुद्रा सटही रसिद वा नेपालमा विदेशी मुद्रामा खाता रहेको भए सो खाताबाट विदेशी मुद्रा सटही गरेको भौचर । परिवारका सदस्यको नाममा खरीद गर्ने भए सो सदस्यको नागरिकताको प्रतिलिपि र नाता प्रमाणित कागजात । नावालकको नाममा संरक्षक भइ खरीद गर्ने भएमा नावालकको जन्मदर्ता प्रमाणपत्र । सो कागजातहरुको स्वप्रमाणित प्रतिलिपि https://obss.nrb.org.np/saving/ मा अनिवार्य रुपमा upload गर्नुपर्ने वा बिक्री एजेन्टको इजाजतपत्र लिएका बैंक तथा वित्तीय संस्थाहरुमा पेश गरी OBSS सिस्टममा upload गर्नु पर्छ।बचतपत्र खरीदको लागि रकम बुझाएकै मितिदेखि निष्काशन मितिभन्दा अघिल्लो दिनसम्मको खण्डित अवधिको ब्याज रकम तोकिएको ब्याजदरमा भुक्तानी दिइने छ। बचतपत्रको किसिम अन्तर्गत स्टक वा प्रमिशरी नोटको रुपमा बचतपत्र खरीद गर्न सकिने छ । स्टक वा प्रमिशरी नोटमध्ये आफुले लिन चाहेको प्रमाणपत्रको किसिम आवेदन फारममा खुलाउनु पर्ने छ। नखुलाइएको  अवस्थामा प्रमिशरी नोट प्रमाणपत्र उपलब्ध गराइने छ। रीतपूर्वक पेश नभई अस्वीकृत भएका आवेदनसाथ जम्मा हुन आएको रकम बिना ब्याज निष्काशन मिति पश्चात ७ दिनभित्र फिर्ता गरिने छ।यसबारे थप जानकारी लिन, एजेन्टहरुकोनाम र सम्पर्क नम्बर हेर्न , र एजेन्टहरुको ठेगाना हेर्न यहाँ क्लिक गर्नु होला ।

सम्बन्धित सामग्री

वैदेशिक रोजगार सन्तति छात्रवृत्तिका लागि आवेदन आह्वान

वैदेशिक रोजगार बोर्डको सचिवालयले वैदेशिक रोजगारीमा गएकाहरुका सन्तति छात्रवृत्तिका लागि आवेदन आह्वान गरेको छ । श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गई करार अवधिभित्र मृत्यु भएका वा पूर्णरूपमा अशक्त वा गम्भीर बिरामी भएका कामदारको छोराछोरीका लागि छात्रवृत्ति प्रदान गर्न बोर्डले आवेदन आह्वान गरेको बोर्डका सूचना अधिकारी तथा निर्देशक टीकाराम ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार वैदेशिक …

नेपाली नर्सलाई रोगजारीका लागि बेलायत पठाउन आवेदन खुल्यो

नेपाली नर्सलाई रोगजारीका लागि बेलायत पठाउन आवेदन खुलेको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पाइलट प्रोग्रामको रुपमा पहिलो चरणमा १०० जना नर्सलाई रोगजारीका लागि बेलायत पठाउन आवेदन खुलाएको हो।

कोरिया रोजगारीका लागि आवेदन माग

रोजगार अनुुमति प्रणाली (ईपीएस)मार्फत सन् २०२३ मा कृषि तथा पशुपालनतर्फ दक्षिण कोरिया जानेका लागि भाषा परीक्षाको आवेदन दिने मिति तोकिएको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस शाखाले सन् २०२३ मा कृषि तथा पशुुपालनका लागि छ हजार कामदारको माग आएकाले पुस ४ देखि ८ गतेसम्म आवेदन दिन सक्ने गरी आवेदन माग गरेको हो ।ईपीएस  शाखाका  अनुसार  कृषि  तथा  पशुपालन क्षेत्रको भाषा परीक्षाको पहिलो चरणको परीक्षा आउँदो माघ १६ देखि माघ २७ गतेसम्म हुनेछ भने दोस्रो चरणको परीक्षा फागुन ८ देखि फाग

१४ चैतदेखि कोरियाली भाषा परीक्षाको आवेदन खुल्ने

३० फागुन, काठमाडौं । दुई वर्षदेखि रोकिएको रोजगार अनुमति प्रणाली (ईपीएस) कोरियन भाषा परीक्षा आगामी वर्षबाट फेरि सुरु हुने भएको छ । परीक्षाका लागि वैदेशिक रोजगार विभागअन्तरगतको ईपीएस कोरिया शाखाले आवेदन माग गरेको छ । आवेदन चैत १४ देखि २१ गतेसम्म दर्ता हुनेछ ।  eoers. epsnepal.gov.npमा गएर अनलाइन आवेदन भर्न सकिन्छ ।  योग्यता पुगेका एक […]

इजरायल जान आवेदन दिएका २७ सय ९० जनाको कागजपत्र नक्कली

८ असोज, काठमाडौं । इजरायल जानका लागि भन्दै आवेदन दिएकामध्ये करिब २८ सय जनाले नक्कली कागजपत्र पेश गरेको खुलेको छ । वैदेशिक रोजगार विभागले अनलाइनबाट परेको आवेदन प्रमाणीकरण गर्ने क्रममा २७ वटा ९० आवेदन फारम अस्वीकृत गरेको थियो । संसदको उद्योग तथा वाणिज्य, श्रम र उपभोक्ता हित संरक्षण समितिमा वैदेशिक रोजगार विभागका महानिर्देशक दीपक काफ्लेले […]

इजरायल रोजगारीका लागि नौ गुणा बढी आवेदन

रोजगारीका लागि इजरायल जान माग गरिएको आवेदनमा ९ हजार ६९९ युवाले आवेदन दिएका छन् । यो आवेदन इजरायलले पहिलो चरणमा दिएको माग कोटा एक हजारको तुलनामा नौ गुणा बढी हो ।वैदेशिक रोजगार विभागले साउन १२ गते एक हजार केयर गिभरका आवेदन माग गरेकोमा अन्तिम दिन सोमबारसम्म सो संख्यामा आवेदन परेको हो । शैक्षिक योग्यता, अनुभव तथा तालिमलगायतका प्रावधान रहेका कारण अपेक्षाअनुसार आवेदन नपरेको विभागको अनुमान छ । विभागले तोकिएको अवधिभित्र परेका आवेदनलाई भदौको दोस्रो हप्तासम्म स्वीकृत गरेर परीक्षा तयारी गरिरहेको विभाग

वैदेशिक रोजगार पीडित परिवारका बालबालिकालाई छात्रवृत्तिको लागि आवेदन माग

काठमाण्डौ – वैदेशिक रोजगार पीडित परिवारका बालबालिकालाई छात्रवृत्तिको लागि आवेदन माग गरिएको छ । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गइ करार अवधिभित्र ज्यान गुमाएका वा पूर्णरुपमा अशक्त वा गम्भीर बिरामी भएका परिवारका बालबालिकालाई छात्रवृत्तिको लागि आवेदन माग गर्दै वैदेशिक रोजगार बोर्डले सूचना जारी गरेको छ । छात्रवृत्तिका लागि आफू अध्ययनरत शैक्षिक संस्थामा असोज मसान्तभित्र निवेदन दिइसक्नुपर्ने बोर्डले जनाएको छ । निवेदन वैदेशिक रोजगार छात्रवृत्ति सञ्चालन कार्यविधि, २०७१ को अनुसूची (१) बमोजिमको ढाँचामा दिनुपर्ने ह...

इजरायलमा रोजगारीको आवेदन असारभित्र पुनः खुल्ने

सरकारले रोजगारीका लागि इजरायल जाने नेपाली युवाका लागि असारभित्र अनलाइनमार्फत आवेदन लिने भएको छ । गत फागुनमैै आवेदन माग गर्ने गरी तयारी भए पनि छनोट कार्यविधि मन्त्रिपरिषदबाट स्वीकृत हुन ढिलाइ भएपछि आवेदन लिने काम रोकिएको थियो ।कोरोना संक्रमणका कारण रोजगारीका क्षेत्र संकुचित भएपछि आर्कषक मानिएको इजरायलको रोजगारीका लागि आवेदन माग गर्ने तयारी भइरहेको वैदेशिक रोजगार […]

दुई लाख बढी डलरमा बिक्यो स्टिभ जब्सको ४८ वर्ष पुरानो रोजगार आवेदन पत्र

एप्पलका पूर्व सिइओ स्टिभ जब्सले हस्ताक्षर गरेको ४८ वर्ष पूरानो रोजगार आवेदन पत्र दुई लाख बढी अमेरिकी डलरमा बिक्री भएको छ।