५० करोड रुपियाँ बराबरको वैदेशिक रोजगार बचतपत्र बिक्री खुला

 वैदेशिक रोजगारीमा रहेका तथा रोजगारीबाट स्वदेश फर्किएका नेपाली नागरिकलाई लक्षित गरेर नेपाल राष्ट्र बैङ्कले ५० करोड रुपियाँ बराबरको वैदेशिक रोजगार बचतपत्र बिक्री खुला गरेको छ । वैदेशिक रोजगारीमा रहेका र रोजगारीबाट स्वदेश फर्किएका नेपाली नागरिकलाई लक्षित गरेर राष्ट्र बैङ्कले शुक्रबारदेखि ‘वैदेशिक रोजगार बचतपत्र २०८२ ‘ख’’को बिक्री खुला गरेको हो । राष्ट्र बैङ्कका अनुसार बचतपत्र खरिदका लागि आगामी फागुन २ गतेसम्म आवेदन दिन सकिने राष्ट्र बैङ्कले जनाएको छ । निष्काशन मिति आगामी फागुन ८ गते तो...

सम्बन्धित सामग्री

साढे १२ प्रतिशत ब्याज दिँदा पनि बिकेन वैदेशिक रोजगार बचतपत्र

नेपाल राष्ट्र बैंकले १२.५० प्रतिशत ब्याजदर दिँदा पनि वैदेशिक रोजगार बचतपत्र बिक्री हुन सकेन । चैत १० देखि गणना हुनेगरी जारी भएको ५० करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्रमा जम्मा २ करोड २४ लाख रुपैयाँ बराबरको मात्रै बिक्री भएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार माग गरिएभन्दा जम्मा ४.४९ प्रतिशत मात्रै वैदेशिक रोजगार बचतपत्र बिक्री भएको हो ।

८ महिनामा वैदेशिक रोजगार बोर्डले बाँड्यो ५० करोड बढीको सहायता

८ चैत, काठमाण्डौं । वैदेशिक रोजगार बोर्डले चालु आर्थिक वर्षको ८ महिनामा ५० करोड भन्दा बढी सहायता प्रदान गरेको छ । बोर्डले चालु आर्थिक ०७९/८० को साउनदेखि फागुन मसान्तसम्म ५० करोड ७१ लाख ९४ हजार …

वैदेशिक रोजगार बचतपत्र खुला, विदेशबाटै यसरी सकिन्छ किन्न

काठमाण्डौ – नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि वैदेशिक रोजगार बचतपत्र खुला गरेको छ । यही फागुन १४ गतेदेखि चैत ३ गतेसम्मका लागि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ५० करोड रुपैयाँ बराबरको बचतपत्र निष्कासन गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ । वैदेशिक रोजगारीमा रहेका नेपाली तथा गैर आवासीय नेपालीले घटीमा १० हजार रुपैयाँ र बढीमा १० हजारले भाग गर्दा निःशेष भाग जाने गरी बचतपत्र किन्न पाउनेछन् ।  वैदेशिक रोजगारीबाट फर्किएको ६ महिना पूरा नभएका नेपाली नागरिक र गैर आवासीय न...

८९ प्रतिशत वैदेशिक रोजगार बचतपत्र बिक्री भएन

साढे १२ प्रतिशत ब्याजदर र अनलाइनमार्फत खरिद गर्न सकिने व्यवस्था हुँदा पनि करिब ८९ प्रतिशत वैदेशिक रोजगार बचतपत्र बिक्री भएको छैन । गत आर्थिक वर्षमा सरकारको आन्तरिक ऋण उठाउने प्रयोजनका लागि राष्ट्र बैंकले बिक्री आह्वान गरेको ५० करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्रमध्ये ११.३४ प्रतिशत मात्र बिक्री भएको छ ।

वैदेशिक रोजगार बचतपत्र खुला

काठमाडौं, जेठ २०। नेपाल राष्ट्र बैंकले पाँच वर्ष समयावधि हुने ५० करोड रुपैयाँको ‘वैदेशिक रोजगार बचतपत्र २०८४’ बिक्री खुला गरेको छ । बचतपत्र आगामी असार ६ गतेसम्म बिक्री खुला हुने राष्ट्र बैंकले जनाएको छ । यो बचतपत्र निष्कासन यही असार १३ गते हुनेछ भने साँवा भुक्तानी २०८४ असार १३ गते हुनेछ । बचतपत्रमा देशबाहिर रोजगारीमा […]

वैदेशिक रोजगार बचतपत्र खुला

नेपाल राष्ट्र बैङ्कले पाँच वर्ष समयावधि हुने ५० करोड रुपियाँको ‘वैदेशिक रोजगार बचतपत्र २०८४’ बिक्री खुला भएको छ । बचतपत्र आगामी असार ६ गतेसम्म बिक्री खुला हुने राष्ट्र बैङ्कले जनाएको छ । यो बचतपत्र निष्कासन यही असार १३ गते हुनेछ भने साँवा भुक्तानी २०८४ असार १३ गते हुनेछ ।

वैदेशिक रोजगार बचतपत्र खरीदमा आकर्षण न्यून

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रत्येक आर्थिक वर्षमा सरकारका लागि आन्तरिक ऋण जुटाउन वैदेशिक रोजगार बचतपत्र विक्री खुलाए पनि यसमा खरीदकर्ताको आकर्षण भने न्यून देखिएको छ । हालसम्म १२ आर्थिक वर्षमा २१ पटक गरी १३ अर्ब ८ करोड ७९ लाख बराबरको उक्त उपकरण जारी भएकोमा ४ दशमलव ८८ प्रतिशत मात्रै विक्री हुन सकेको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार आर्थिक वर्ष २०६६/६७ देखि आव २०७७/७८ सम्ममा सो दरमा ६३ करोड ९३ लाख रुपैयाँ बराबरको मात्र वैदेशिक रोजगार बचतपत्र विक्री भएको छ । वैदेशिक रोजगारीमा संलग्न नेपाली नागरिक तथा गैरआवासीय नेपालीका लागि मात्र विक्री गरिने भएकाले पनि उनीहरूको माग कम हुँदा विक्री खासै हुन नसकेको राष्ट्र बैंकको भनाइ छ । बैंकका अनुसार गतवर्षदेखि कोभिडको प्रभावले विक्रीमा चुनौती भएको छ । कोभिड–१९ अघि पनि उक्त उपकरणमा आकर्षण न्यून थियो । तर अहिले कोभिडले झन् विक्रीमा असर परेपछि नेपाल राष्ट्र बैंकले पछिल्लो समय विक्री खुला गरेको ५० करोड रुपैयाँ बराबरको बचतपत्रका लागि असार १८ गतेसम्म अवधि थपेको छ । यसअघि जेठ १३ देखि असार ३ गतेसम्मका लागि विक्री खुला गरिएको थियो । अवधि थपिएको सो बचतपत्र असार २३ गते निष्कासन गरिनेछ । उक्त बचतपत्रमा गरेको लगानीलाई २०८३ असार २३ गते साँवासहित रकम फिर्ता हुनेछ । केन्द्रीय बैंकले सरकारको वार्षिक तालिका अनुसार वार्षिक १० प्रतिशत ब्याजदरमा वैदेशिक रोजगार बचतपत्र–०८३’ विक्री खुलाएको हो । यतिबेला खरीदकर्ताका लागि केन्द्रीय बैंकले अफर गरेको सो ब्याजदर राम्रो अवसर पनि हो । पछिल्लो समय बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर घटाएर ७–९ प्रतिशतको हाराहारीमा पु¥याएका छन् । नेपाल सरकारको तर्पmबाट नेपाल राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागले बचतपत्र खरीद गर्नेका लागि ५ वर्षको अवधिसम्म ६/६ महीनामा ब्याज भुक्तानी हुनेगरी उक्त बचतपत्र विक्री गर्नेछ । तर आम्दानी भएको ब्याजमा कर लाग्नेछ । यो बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन/दिन सकिन्छ । वैदेशिक रोजगारीमा गएका नेपालीलाई लक्षित गरी निष्कासन हुँदै आएको बचतपत्रका फाइदाबारे उनीहरूले विस्तृतमा थाहा नपाएकाले पनि यसको विक्री कम भएकोे राष्ट्र बैंकको भनाइ छ । वैदेशिक रोजगारीमा गएका अधिकांशको पहिलो प्राथमिकता आधारभूत आवश्यकता भएकाले न्यून संख्यामा खरीद हुने गरेको विभागको भनाइ छ ।\ कोभिड अघिसम्म राष्ट्र बैंकले यस्तो बचतपत्रको विक्री अवधि करीब ३ सातासम्म मात्र खुला गर्ने गर्दथ्यो । जोखिमरहित ऋणपत्र मानिएको यस बचतपत्रको खरीद भने अपेक्षित रूपमा नभएकाले अवधि थपिएको हो । वैदेशिक रोजगारीमा गएकाहरूको आर्जनलाई राष्ट्रिय पूँजी निर्माणमा परिचालन गर्ने उद्देश्यले सरकारले वैदेशिक रोजगार बचतपत्र जारी गर्दै आएको छ । उक्त बचतपत्र मुलुकबाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको ६ महीना नपुगेका नेपाली नागरिक वा गैरआवासीय नेपालीले आपूm वा आफ्नो परिवारका सदस्य (बुवा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरी मात्र)को नाममा खरीद गर्न सक्छन् ।

भोलिदेखि सरकारले आन्तरिक ऋण उठाउने

सरकारले मंगलबारदेखि आन्तरिक ऋण उठाउन थाल्ने भएको छ ।  ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचत पत्र र वैदेशिक रोजगार बचत पत्र मार्फत सरकारले आन्तरिक ऋण उठाउन लागेको हो । नेपाल राष्ट्र बैंकले अन्तिम चौमासिकमा १ खर्ब १२ अर्ब रुपैयाँ ऋण उठाउने जनाएको छ ।  ९१, १८२ र ३६४ दिने ट्रेजरी बिलबाट ६९ अर्ब ५० करोड रुपैयाँ, विकास ऋणपत्रबाट ४० अर्ब रुपैयाँ, २ अर्ब रुपैयाँ नागरिक बचत पत्रबाट र वैदेशिक रोजगार बचत पत्रबाट ५० करोड रुपैयाँ उठाउँन लागेको हो । यसअघि सरकारले पहिलो चौमासिकमा ५७ अर्ब र दोस्र

वैदेशिक रोजगार बचतपत्र बिक्री गरिँदै

वैदेशिक रोजगारीमा रहेका नेपालीको बचत गर्ने बानी बसाल्न नेपाल राष्ट्र बैङ्कले ५० करोड रुपियाँको वैदेशिक रोजगार बचतपत्र जारी गर्ने भएको छ । आगामी पाँच वर्षका लागि खुला गरिएको वैदेशिक रोजगार बचतपत्र २०८४ ‘क’को ब्याजदर १२ दशमलव ५० प्रतिशत तोकिएको छ ।