साढे १२ प्रतिशत ब्याजदर र अनलाइनमार्फत खरिद गर्न सकिने व्यवस्था हुँदा पनि करिब ८९ प्रतिशत वैदेशिक रोजगार बचतपत्र बिक्री भएको छैन । गत आर्थिक वर्षमा सरकारको आन्तरिक ऋण उठाउने प्रयोजनका लागि राष्ट्र बैंकले बिक्री आह्वान गरेको ५० करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्रमध्ये ११.३४ प्रतिशत मात्र बिक्री भएको छ ।