काठमाण्डौ – नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि वैदेशिक रोजगार बचतपत्र खुला गरेको छ ।
यही फागुन १४ गतेदेखि चैत ३ गतेसम्मका लागि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ५० करोड रुपैयाँ बराबरको बचतपत्र निष्कासन गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ । वैदेशिक रोजगारीमा रहेका नेपाली तथा गैर आवासीय नेपालीले घटीमा १० हजार रुपैयाँ र बढीमा १० हजारले भाग गर्दा निःशेष भाग जाने गरी बचतपत्र किन्न पाउनेछन् ।
वैदेशिक रोजगारीबाट फर्किएको ६ महिना पूरा नभएका नेपाली नागरिक र गैर आवासीय न...