हवाई उडानलाई विवाद होइन, सुरक्षित बनाऊ

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले कर्णाली प्रदेशका हिमाली जिल्लासहित सुदूरपश्चिमी क्षेत्रमा वर्षायामका लागि १२ बजेपछि उडान गर्न नपाउने निर्णय फिर्ता लिएबाट तत्कालका लागि यो विवाद साम्य भएको छ । गत साता यी क्षेत्रका विमानस्थलमा मध्याह्न १२ बजेपछि कुनै पनि उडान गर्न नपाउने नियम प्राधिकरणले लागू गरेको थियो । यो निर्णयको विरुद्धमा मुलुकको पूरै पश्चिमी […]

सम्बन्धित सामग्री

उग्र बन्दै भारत-क्यानडा विवाद, एकअर्काको देश सुरक्षित नभएको आरोप

यसै हप्ता क्यानडाले हरदीप सिंहको हत्यामा भारतीय एजेन्टको संलग्नता भएको प्रमाण आफ्ना खुफिया एजेन्सीले पत्ता लगाएको बताउँदै क्यानडाले यसमा भारत जवाफदेही हुनुपर्ने जनाएको छ । क्यानडाले एक भारतीयलाई देश निकाला पनि गरिदिएको छ ।

घोराही सिमेन्टको आईपीओ विवाद

शेयर बजार विस्तार भएसँगै यसमा अनेक किसिमका विकृति र हल्ला फैलने गर्दछ । कतिपय हल्ला निराधार हुन्छन् भने कतिपयचाहिँ अनुसन्धानबाट सही प्रमाणित पनि हुन्छन् । घोराही सिमेन्ट इन्डस्ट्रीले प्रिमियम मूल्यमा विक्री गर्न प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गरेको र त्यसमा बैंकमा रकम नभएका व्यक्तिले ठूलो संख्यामा आईपीओ भरेको भनेर विवाद आएको छ । नक्कली आवेदनकर्ताले आवेदन हालेको भनी आवाज उठेपछि नेपाल धितोपत्र बोर्डले आईपीओ निष्कासन प्रक्रिया रोकी अध्ययन थालेको छ । यस घटनाले विभिन्न प्रश्नहरू जन्माएको छ ।  पहिलो त कम्पनीले बढी माग भएको अवस्थामा आईपीओ विक्री बन्द गर्नुपर्नेमा उल्टै समय थप गर्‍यो । यसरी समय थप गरेकाले कम्पनीको नियतमाथि प्रश्न उठेको हो । किन म्याद थप्न पर्‍यो भन्नेमा उसले चित्तबुझ्दो जवाफ दिनसक्नुपर्छ । यद्यपि कम्पनीले विवाद सृजना भएदेखि नै आफ्नो दोष नभएको अडान लिइरहेको छ । कम्पनी मात्र नभई यस विवादमा सम्बद्ध सबै पक्षले आआफ्नो भनाइ राखेका छन् ।  नेपालको शेयरबजारमा यसबारे अझै जानकारीको कमी रहेको देखिन्छ । शेयरबजारमा लगानी गर्नु भनेको बैंकमा पैसा राख्नुसरह होइन भन्ने कुरा बुझ्न आवश्यक छ । प्रिमियम मूल्य नै महँगो भएको भनी शुरूमै यो आईपीओबारे विवाद उठेको हो । आईपीओ निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नु अनिवार्य हुन्छ । घोराही सिमेन्टको क्रेडिट रेटिङ केयर रेटिङले गरेको हो । उक्त क्रेडिट रेटिङको कम्पनीसँग सम्बन्ध रहेको बताइन्छ । यद्यपि क्रेडिट रेटिङ कम्पनीले मनलाग्दी रेटिङ भने गर्ने होइन । रेटिङ गर्ने कम्पनीमा विदेशी कम्पनीको पनि संलग्नता हुने भएकाले नेपालमा हुने त्रुटिले उसको अन्तरराष्ट्रिय छविमा प्रभाव पर्छ । क्रेडिट रेटिङ कम्पनीले रेटिङ गर्न विभिन्न आधार लिएको हुन्छ । त्यसमा उसले यसमा हुन सक्ने सम्भावित पक्षबारे पनि उल्लेख गरेको हुन्छ र लगानीकर्तालाई त्यसबारे पनि सूचना दिइएको हुन्छ । उसले दिएको रेटिङकै आधारमा लगानी गर्नयोग्य हुने भए अमेरिकामा उच्च रेटिङ पाएका बैंकहरू किन डुब्थे ? त्यसैले लगानीकर्ताले आफै विश्लेषण गरेर लगानी गर्ने बानी गर्नुपर्छ । त्यसमा यो सहयोगी मात्रै हुन्छ । नेपालको शेयरबजारमा यसबारे अझै जानकारीको कमी रहेको देखिन्छ । शेयरबजारमा लगानी गर्नु भनेको बैंकमा पैसा राख्नुसरह होइन भन्ने कुरा बुझ्न आवश्यक छ । आईपीओ निष्कासनको अनुमति दिने नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको आईपीओ निष्कासनमा सबै प्रक्रिया पूरा गरेको दाबी गरेको छ । पक्कै पनि बोर्डले आईपीओका लागि स्वीकृति दिँदा आवश्यक सबै दस्तावेजको अध्ययन गरेको हुनुपर्छ । प्रक्रिया पूरा गरेर आईपीओ निष्कासनका लागि स्वीकृति दिनुपर्ने बाध्यता उसको छ । घोराही सिमेन्टमा पनि यस्तै भएको छ भन्न सकिन्छ । यद्यपि बोर्डले यसरी प्राप्त कागजातको प्रामाणिकता र विश्वसनीयतामा अध्ययन नगरेको भने हुन सक्छ । बोर्डमा क्रेडिट रेटिङसम्बन्धी विज्ञ जनशक्ति नभए पनि कम्पनीले बुझाएको रिपोर्टलाई स्वीकार्नुको विकल्प देखिँदैन । बोर्डले अनुमति दिएको भन्दैमा सबै आईपीओ सुरक्षित लगानी हुन् भन्ने सोच गलत हो । कम्पनीले पूरा गरेको प्रक्रिया सही छ वा गलत भन्ने कुराको यकीन गर्न आवश्यक छ भने बोर्डलाई त्यस्तो अधिकारको व्यवस्था गर्न सकिन्छ ।  नेपाली शेयरबजारमा हल्ला अलि बढी हुने गरेको चर्चा पहिलेदेखिकै हो । त्यही हल्लाकै आधारमा कतिपयले कमाइरहेका पनि हुन्छन् । यो घटनाबाट लगानीकर्ताले पाठ सिक्नुपर्ने हुन्छ । त्यो पाठ हो : विनाविश्लेषण र अध्ययन आईपीओमा नै पनि लगानी गर्नु हुँदैन ।  इक्विटीको मूल्य कति सही हो भन्न सकिँदैन । सार्वजनिक हुनुअघि नै आर्थिक पक्ष कमजोर छ भनिएको नेपाल रिपब्लिक मिडियाको सबै आइपीओ विक्री नहुनुपर्ने हो तर आवश्यकभन्दा बढी माग भयो । यसको अर्थ लगानीकर्ताले त्यसलाई आफ्नै हिसाबले व्याख्या गरे । लाभ हुने ठानेर आकर्षित भए । त्यसैले शेयरबजारमा कसले कति मूल्य निर्धारण गर्‍यो वा कुन कम्पनी कस्तो भन्नु भन्दा पनि लगानीकर्ताले त्यसलाई कसरी लिन्छन् भन्ने नै महत्वपूर्ण कुरा हो ।

कसरी मत्थर भयो कांग्रेसको टिकट विवाद ?

नेता कोइराला र महामन्त्री थापाले आफ्नो समूहको माग सशक्त रूपमा उठाउन नसकेको र आफू मात्र सुरक्षित हुने बाटो रोजेको इतरभित्रका असन्तुष्टको आरोप टिकट वितरणमा सम्मानजनक सिट माग्दै संस्थापन पक्षविरुद्ध धर्ना र...

मतगणनास्थलमा सिसी क्यामरा अनिवार्य

काठमाडौं : निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा ७५३ वटै स्थानीय तहका गतगणनास्थलमा अनिवार्यरुपमा सिसी क्यामराको प्रबन्ध गर्ने भएको छ। मतगणना कार्यलाई पारदर्शी र सुरक्षित राखी कुनै विवाद उत्पन्न भएको पाइएमा विद्युतीय अभिलेखीकरणका लागिसमेत उपयोगी हुने भएकाले सिसी क्यामराको प्रबन्ध गर्न निर्देशन दिइएको हो। सो प्रयोजनका लागि आयोगले नेपाल सरकारको सङ्घीय…

मतगणनास्थलमा सिसी क्यामरा अनिवार्य

निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा ७५३ वटै स्थानीय तहका गणनास्थलमा अनिवार्यरुपमा सिसी क्यामराको प्रबन्ध गर्न लगाएको छ । मतगणना कार्यलाई पारदर्शी र सुरक्षित राखी कुनै विवाद उत्पन्न भएको पाइएमा विद्युतीय अभिलेखीकरणका लागिसमेत उपयोगी हुने भएकाले सिसी क्यामराको प्रबन्ध गर्न निर्देशन दिइएको हो ।सो प्रयोजनका लागि आयोगले नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई परिपत्र पनि गरिसकेको छ । आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले कुनै कुनै

एमसीसी विवाद : गुम्दो मान्यता, उम्दो मजाक

विगत केही समयदेखि निकै पेचिलो बनिरहेको एमसीसी  विवादले राजनीतिक वृत्तलाई पुनः पूर्ण तरंगित बनाएको छ । अनेकन विवाद, कटुता, वहस अनि राजनीतिक माथापच्ची निर्माण हुँदैछ । पश्चिमा साहित्य र विश्लेषणले अधिक आततायी आतङ्कवाद भन्ने गरेको २० वर्ष पहिलेको सेप्टेम्बर ११ आक्रमणपछि यो कार्यक्रमको बीजारोपण भएको देखिन्छ । बाँकी विश्वलाई विकसित, सुदृढ र विविध जोखिमबाट सुरक्षित बनाउन संसारका हरेक सक्षम देशले अर्थकारको केही हिस्सा कम विकसित देशलाई सहयोग स्वरूप दिने एउटा मान्यता स्थापित छ । जसलाई सामान्यतय

प्रचण्डले मसँग गरेको गोप्य सम्झौताको ‘कपी’ सार्वजनिक हुनसक्छ : केपी ओली

नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले तत्कालीन नेकपामा पुष्पकमल दाहाल प्रचण्डले आफूसँग गोप्य सम्झौता गरेको र त्यसको ‘एक कपी’ आफूसँग सुरक्षित रहेको खुलासा गरेका छन्। तत्कालीन पार्टीमा विवाद बढ्दै गएको बेला माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमलाई झुक्याएर प्रचण्डले आफूसँग सम्झौता गरेको ओलीले खुलाएका हुन्। ‘पार्टी विवादबारेको मुद्दा अदालतबाट के हुन्छ ?’ भन्ने भएपछि प्रचण्डले […]

एमाले विवाद सुरक्षित रुपमा अवतरण भएको छ : गोकर्ण बिष्ट

एक साताको निरन्तर गृहकार्यपछि एमालेको १० सदस्यीय कार्यदलले पार्टी विवाद निरूपणका लागि दसबुँदे सहमतिको प्रस्ताव तयार गरेको छ । दोस्रो तहका नेताहरूले गरेको यो सहमतिमा नेता माधवकुमार नेपालले भने असन्तुष्टि जनाएका छन् ।

अस्ट्राजेनिकाको विवाद कायमै, विश्व स्वास्थ्य संगठन भन्छः खोप सुरक्षित छ

जेनेभा । अक्सफोर्ड र अस्ट्राजेनिकाले संयुक्त रुपमा विकास गरेको कोभिड–१९ विरुद्धको अस्ट्राजेनिका खोपका कारण रगत जमेको भन्ने अपुष्ट विवाद कायमै रहेका बेला विश्व स्वास्थ्य संगठनका विज्ञहरुले खोप सुरक्षित रहेको दाबी गरेका छन् । कोभिड–१९ ले सङ्कट निम्त्याइरहेको युरोपेली क्षेत्रका कतिपय मुलुकले अस्ट्राजेनिका खोप लगाउन रोकेका छन् । पछिल्लो पटक युरोपका सबैभन्दा ठूला देशहरु जर्मनी, इटाली […]

वार्तामार्फत सिमा विवाद टुङ्ग्याउनु पर्छ –नेता पौडेल

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल सरकारले सिमा विवाद देखिएको ठाउँको दशी प्रमाण सुरक्षित गरेर समाधानका लागि प्रधानमन्त्री स्तरबाट भारतसँग वार्ता गर्न सरकारलाई सुझाएका छन् ।