विगत केही समयदेखि निकै पेचिलो बनिरहेको एमसीसी विवादले राजनीतिक वृत्तलाई पुनः पूर्ण तरंगित बनाएको छ । अनेकन विवाद, कटुता, वहस अनि राजनीतिक माथापच्ची निर्माण हुँदैछ । पश्चिमा साहित्य र विश्लेषणले अधिक आततायी आतङ्कवाद भन्ने गरेको २० वर्ष पहिलेको सेप्टेम्बर ११ आक्रमणपछि यो कार्यक्रमको बीजारोपण भएको देखिन्छ । बाँकी विश्वलाई विकसित, सुदृढ र विविध जोखिमबाट सुरक्षित बनाउन संसारका हरेक सक्षम देशले अर्थकारको केही हिस्सा कम विकसित देशलाई सहयोग स्वरूप दिने एउटा मान्यता स्थापित छ । जसलाई सामान्यतय