सरकारका मन्त्रीहरूसँग विप्लव नेकपाका नेताहरूको छलफल

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको (नेकपा)का नेताहरूले गृहमन्त्री रामबहादुर थापासहितका मन्त्रीहरूसँग छलफल गरेका छन् ।  नेकपाका नेता खड्गबहादुर विक प्रकाण्ड र उदय चलाउने दीपकले सरकारका मन्त्रीहरूसँग मंगलवार छलफल गरेका हुन् ।  ‘राजनीतिक परिस्थिति एवं देश र जनताका विभिन्न समस्याहरूको विषयमा नेपाल कम्युनिस्ट पार्टी र नेपाल सरकारका मन्त्रीहरूबीच छलफल’ नेता विकले मन्त्रीहरूसँग भएको छलफलको तस्वीर राख्दै सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन् । फागुन अन्तिम साता सरकारसँग तीन बुँदे सहमति गर्दै शान्तिपूर्ण राज...

सम्बन्धित सामग्री

विप्लव र भीम रावलबीच भेटवार्ता

नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव र नेकपा एमालेका नेता भीम रावलबीच भेटवार्ता भएको छ। रावल निवासमा भएको भेटमा दुई नेताबीच एमसिसीको विषयमा छलफल भएको थियो। भेटमा नेकपाका नेता खड्ग बहादुर विश्वकर्मा...

माओवादीसँग एकताका लागि छलफल भएको छैन : धर्मेन्द्र बाँस्तोला (भिडियो)

काठमाडौँ– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेकपा माओवादी केन्द्रसँग एकताका लागि कुनै छलफल नै नभएको स्पष्ट पारेको छ । शनिबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा नेकपाका नेता धर्मेन्द्र बाँस्तोलाले चुनावमा पराजय हुने डरले माओवादी अध्यक्ष प्रचण्डले नेकपासँग एकताको कुरा गरेको हुनसक्ने भन्दै आफ्नो पार्टीभित्र कुनै छलफल नभएको बताएका छन् । माओवादीको अवको चुनाव बिग्रने […]

विप्लवका कार्यकर्ताको रिहाइका लागि गृहकार्य भइरहेको छ : खाण

कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाणले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता, कार्यकर्ताहरूको रिहाइका लागि सरकारले गृहकार्य गरिरहेको बताएका छन् ।  गृहमन्त्रीसमेत रहेका उनले मुद्दा लागेका सो पार्टीका नेता, कार्यकर्ताहरूको मुद्दा फिर्ता लिने प्रक्रिया पनि कानूनी रुपमै टुंंग्याउने गरी सरकारले महान्यायाधिवक्ताको कार्यालय, कानून मन्त्रालय र गृह मन्त्रालयमा छलफल गरिरहेको स्पष्ट पारे ।  खाणले सो पार्टीका एउटै बन्दीलाई ६–७ वटासम्म मुद्दा लागेको पाइएको उल्लेख गर्दै उनीहरूलाई कसरी मुक्त गर्ने भन्ने व...

धर्मेन्द्र बास्तोला भन्छन्– हाम्रो छलफल तीनबुँदे सहमति कार्यान्वयनमा केन्द्रित छ

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोलाले आफूहरुले गरिरहेको राजनीतिक भेटवार्ता सरकार र आफ्नो पार्टीबीच भएको सहमति कार्यान्वयमा केन्द्रित रहेको बताएका छन् । बाह्रखरीसँगको कुराकानीमा नेता बास्तोलाले केपी शर्मा ओली नेतृत्वको सरकारसँग भएका तीनबुँदे सहमति कार्यान्वयनमै आफूहरुको जोड रहेको बताए । विप्लव र बास्तोलासहितको टोलीले बुधबार नेकपा (माओवादी केन्द्र)का...

प्रधानमन्त्री ओली र विप्लवबीच तीन विषयमा छलफल

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले तीन वटा विषयमा सरकारसँग छलफल गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवटारमा नेकपाका महासचिव विप्लव, प्रवक्ता खड्ग बहादुर विश्वकर्माले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादलसँग भेटवार्ता गरेका थिए ।जसमा ३ बुँदे सहमतिको कार्यान्वयन, नेकपाका नेता रकार्यकर्ताको रिहाई र पछिल्लो राजनीतिक परिस्थितिको विषयमा छलफल भएको थियो । २० फागुनमा सरकार र विप्लवबीच नेकपामाथि लगाएको प्रतिबन्ध हटाउने, कारागारमा रह