काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले तीन वटा विषयमा सरकारसँग छलफल गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवटारमा नेकपाका महासचिव विप्लव, प्रवक्ता खड्ग बहादुर विश्वकर्माले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादलसँग भेटवार्ता गरेका थिए ।जसमा ३ बुँदे सहमतिको कार्यान्वयन, नेकपाका नेता रकार्यकर्ताको रिहाई र पछिल्लो राजनीतिक परिस्थितिको विषयमा छलफल भएको थियो । २० फागुनमा सरकार र विप्लवबीच नेकपामाथि लगाएको प्रतिबन्ध हटाउने, कारागारमा रह