विप्लवका नेता–कार्यकर्ताहरूको रिहाइका लागि गृहकार्य भइरहेको छ : कार्यवाहक प्रधानमन्त्री

कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाँणले जेलमा रहेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता, कार्यकर्ताहरूको रिहाइको लागि सरकारले गृहकार्य गरिरहेको बताएका छन् । गृहमन्त्री समेत रहेका उनले सो पार्टीका नेता, कार्यकर्ताहरूको मुद्दा फिर्ता लिने प्रक्रिया पनि कानुनी रूपमै टुङ्ग्याउने गरी सरकारले महान्यायाधिवक्ताको कार्यालय, कानुन मन्त्रालय र गृह मन्त्रालयमा छलफल गरिरहेको स्पष्ट पारेका हुन् । खाँणले सो पार्टीका एउटै बन्दीलाई ६/७ वटासम्म मुद्दा लागेको पाइएको उल्लेख गर्दै उनीहर

सम्बन्धित सामग्री

कार्यवाहक प्रधानमन्त्री खड्काद्वारा वीरेन्द्र अस्पतालको निरीक्षण

काठमाडौँ – कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले छाउनीस्थित वीरेन्द्र अस्पतालको आज निरीक्षण भ्रमण गरेका छन् । भ्रमणका क्रममा उनलाई प्रधानसेनापति प्रभुराम शर्माले स्वागत गर्दै नेपाली सेनाको स्वास्थ्य सेवा तथा कल्याणकारी गतिविधिबारे संक्षिप्त जानकारी गराएका थिए । कार्यवाहक प्रधानमन्त्री खड्काले वीरेन्द्र अस्पतालको ओपिडी भवन, आकस्मिक कक्ष, ट्रमा हल तथा अस्पतालका विभिन्न ओपिडी कक्षहरूका साथै भविष्यमा […]

कार्यवाहक प्रधानमन्त्री खड्कासँग चिनियाँ शीर्ष नेता युआनको भेटवार्ता

कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासँग जनवादी गणतन्त्र चीनको कम्युनिष्ट पार्टीका केन्द्रीय कमिटी राजनीतिक ब्यूरोका सदस्य युआन च्या च्युनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । रक्षा मन्त्रालय, सिंहदरबारमा आइतबार भएको भेटवार्तामा कावा प्रधानमन्त्री खड्काले केही समयअगाडि मात्र जिम्मेवारी पदभार सम्हाल्नुभएकोमा उहाँलाई बधाई दिँदै उहाँको कार्यकालमा नेपाल–चीन सम्बन्ध प्रगाढ हुने विश्वास व्यक्त गर्नुभएको थियो । सो अवसरमा …

कार्यवाहक प्रधानमन्त्री खाँण गन्यापधुरामा

प्रधानमन्त्रीको कार्यभारसमेत सम्हालेका गृहमन्त्री बालकृष्ण खाँणले डडेल्धुराको गन्यापधुरा–१ र ३ स्थित बाढीपहिरो क्षेत्रको निरीक्षण गरेका छन् । उनलाई गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लले बाढी पहिरोबाट भएको क्षतिको विवरण प्रस्तुत गर्दै राहत र बस्ती स्थानान्तरणका लागि आग्रह गर्दै ज्ञापनपत्र बुझाए । सो अवसरमा कार्यवाहक प्रधानमन्त्री खाँणले जनतालाई राहत र घर निर्माणका लागि सरकारले सक्दो सहयोग पु¥याउने प्रतिबद्धता व्यक्त गरे । यस क्षेत्रमा बाढी पहिरोबाट झण्डै २५० घरधुरी जोखिममा पर्नुका सा

कार्यवाहक प्रधानमन्त्री खाँण सुर्खेतमा

कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाँण सुुदूरपश्चिम क्षेत्रका डडेल्धुरा, बझाङ र बैतडीका बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्ने क्रममा सुर्खेत आइपुगेका छन् ।मन्त्री खाँणले ती जिल्लाको बाढी पहिरो प्रभावित क्षेत्रका स्थानीयवासीसँग क्षति र पुनःनिर्माणका लागि चाल्नुपर्ने कदमबारे अन्तक्र्रियासमेत गर्ने छन् । गत असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्म ती जिल्लामा भएका बाढीपहिराको घटनामा परी ठूलो जनधनको क्षति भएको थियो । गृहमन्त्रीलाई खाँणलाई कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीव

मूल धारमा नआएका दलहरूसँग संवाद सुरु गरेका छौं : कार्यवाहक प्रधानमन्त्री खाण

कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाणले संविधानको मूल धारमा नआएका राजनीतिक दलहरूलाई मूल धारमा ल्याएर संविधानको रक्षा गर्ने दायित्व सरकारको भएको बताएका छन् । गृह जिल्ला रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित आफ्नै निवासमा आइतबार कार्यकर्तासँग कुरा गर्दै उनले त्यसको लागि सरकारले त्यस्ता राजनीतिक दलहरूसँग संवाद सुरु गरेको बताए ।उनले गणतन्त्र र संविधानप्रति सबैको स्वामित्व स्थापित गर्न सरकार सफल हुने विश्वाससमेत व्यक्त गरे । नेपाली काँग्रेसका नेतासमेत रहेका खाणले अहिलेको गठबन्धनको सरकारल

पाँच दलीय गठबन्धन निर्वाचनसम्म कायमै रहने कार्यवाहक प्रधानमन्त्री खाँणको भनाई

काठमाडौं, १४ कार्तिक । कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाँणले सत्तापक्षीय पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म कायमै रहने स्पष्ट पारेका छन् । आज गृहजिल्ला रुपन्देहीमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिलेको गठबन्धनले नै संविधानको रक्षा गरेको बताए । उनले संविधानको रक्षा, जनताको चाहना र विश्वासलाई अझ मजबुत बनाउन आगामी निर्वाचनसम्म पाँच दलीय […]

कार्यवाहक प्रधानमन्त्री खाणद्वारा पशुपतिनाथको दर्शन (हेर्नुस् तस्वीर)

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाणले पशुपतिनाथको पूजाआजा गरेका छन् । शनिबार विहान सपरिवार गृहमन्त्री समेत रहेका खाणले पशुपतिनाथ मन्दिरमा पूजाआजाका लागि गएका थिए ।प्रधानमन्त्री शेरबहादुर देउवा एक साताका लागि शुक्रबार बेलायत भ्रमणमा गएपछि खाणले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका छन् ।कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएको दोस्रो दिन उनी पशुपतिनाथको दर्शन गर्न पुगेका थिए । उनले सर्वसाधारणकै बीचमा रही लाइनमा बसेर पशुपतिनाथको दर्शन गरेका हुन् । सो अवसरमा उनले पशुपतिन

कार्यवाहक प्रधानमन्त्री खाँणलाई बहिर्गमित जनमुक्ति सेनाको ज्ञापनपत्र

काठमाडौँ । बहिर्गमित जनमुक्ति सेना, नेपालले विभिन्न १० बुँदे माग राख्दै कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाँणलाई आज ज्ञापनपत्र बुझाएको छ । गृह मन्त्रालयमा उक्त सङ्गठनका इञ्चार्ज असिम आङ्बुहाङ लिम्बु, अध्यक्ष रमेश बसेलसहितको प्रतिनिधिमण्डलले बर्हिगमित जनमुक्ति सेना नेपालले उठाएका माग सम्बोधन गर्न कार्यवाहक प्रधानमन्त्री खाँणलाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझ्दै उनले अध्ययन गरेर सम्बोधन […]