काठमाडौं : सरकारले कर्मचारीको नियुक्ति तथा सरुवा÷बढुवा गर्न नपाउने भएको छ।निर्वाचन आयोगले गत भदौ २ गते दिएको निर्देशन अनुसार सरकारले सोमबार (आज) बाट कुनै पनि कर्मचारीको सरुवा, बढुवा, नियुक्ति कुनै पनि काम गर्न नपाउने भएको हो । आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि सो काम नगर्न आजभन्दा १८ दिन अघि अर्थात् गत भदौ २ गते नै आयोगले निर्देशन दिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए । न्यूज एजेन्सी नेपालसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले कुनै पनि ठा