काठमाण्डाै – सरकारले आज (सोमवार) देखि कर्मचारीको नियुक्ति, सरुवा, बढुवा कुनै पनि काम गर्न नपाउने भएको छ । निर्वाचन आयोगले गएकाे भदाै २ गते दिएको निर्देशनअनुसार सरकारले आजदेखि कर्मचारीको सरुवा, बढुवा, नियुक्ति कुनै पनि काम गर्न नपाउने भएको हो । आउँदाे प्रदेश सभा र प्रतिनिधि सभा चुनाव प्रयोजनका लागि यी काम नगर्न आजभन्दा १८ दिनअघि अर्थात् गएकाे भदाै २ गते नै आयोगले निर्देशन दिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताउनुभयो । आज न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले कुनै पनि ठाउँमा स्वीकृत दरबन्...