काठमाडौं : २०७२ को विनाशकारी भूकम्प गएको सात वर्ष बितिसक्दा पनि सम्पदा पुनर्निर्माणले पूर्णता पाउन सकेको छैन। ५ वर्षभित्र पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको सरकारले १३९ वटा सम्पदा हालसम्म निर्माण गर्न सकेको छैन। भूकम्पले उपत्यका लगायत विभिन्न जिल्लाका हजारौँ सम्पदा ध्वस्त भए। कति पुनर्निर्माण सम्पन्न भए भने कति अझै पनि पुनर्निर्माण हुन सकेका छैनन्। ९२० पुरातात्त्विक सम्पदा पुनर्निर्माण गर्नुपर्ने थियो। जसमा ५८९ वटा सम्पन्न भएका छन्। १९२ निर्माणाधी