झन्डै ३५ वर्षअघि उपत्यकाका बौद्ध विहारहरूबाट हराएका दुई पुरातात्त्विक सम्पदा तथा ४० वर्षदेखि हराइरहेको अक्षोभ्य बुद्ध मूर्ति न्युयोर्कका दुई निजी ग्यालरीबाट ‘स्वस्फूर्त’ रूपमा यो साता घर फर्किनु खुसीको कुरा हो । यसबाट चोरिएका वा हराएका मूर्ति–सम्पदा नेपाल फिर्ती अभियानमा सकारात्मक प्रभाव देखिन थालेको संकेत मिलेको छ ।