वाराहीलाई अन्तर्राष्ट्रिय अमूर्त सम्पदा पुरस्कार

ललितपुर, (नेस) । रातो मच्छिन्द्रनाथ बनाउन ५५ वर्षदेखि संलग्न रहेका वाराही नाइके दिलकुमार वाराहीलाई यस वर्षको अन्तर्राष्ट्रिय अमूर्त सम्पदा पुरस्कार प्रदान गरिएको छ  । कोरियाको झेन्जु शहरमा बिहीबार सम्पन्न समारोहमा उहाँलाई झेन्जु अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित गरिएको हो । कोरोनाको संक्रमणका कारण अनलाइनमार्फत उहाँलाई सो पुरस्कार प्रदान गरिएको हो । सो पुरस्कारको नगद राशी १० हजार […]

सम्बन्धित सामग्री

एनएफपीजेको २६ औं वार्षिकोत्सव सम्पन्न, फोटो पत्रकारहरू सम्मानित

काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे)को २६ औं वार्षिकोत्सव सम्पन्न भएको छ । शनिवार काठमाडौंको तीनकुनेमा साधारणसभा सम्पन्न भएको हो ।  सभामा कार्यवाहक अध्यक्ष सुशील श्रेष्ठले अध्यक्ष प्रदीपराज वन्तका तर्फबाट प्रतिवेदन पेस गरे । उक्त प्रतिवेदनमा वन्तले चालू आर्थिक वर्षभित्र संस्थाले गर्ने कार्यक्रम र अवलम्बन गरेको रणनीतिबारे प्रस्ताव समेटिएको थियो ।  कार्यबाहक महासचिव घनश्याम श्रेष्ठले संस्थाका कामको विवरण प्रस्तुत गरे । यस्तै कोषाध्यक्ष सागर श्रेष्ठले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरे भने आर्थिक वर्ष २०७९/८० को आम्दानी विवरणसमेत सार्वजनिक गरे । सो अवसरमा एनएफपीजेले विभिन्न फोटो पत्रकारहरूलाई सम्मान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि वन तथा वातावरणमन्त्री वीरेन्द्र महतोले वरिष्ठ फोटो पत्रकार सम्मानबाट श्रीधरलाल मानन्धर, राम गुरुङ, शेखर चौलागाई र प्रवीण श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान गरे । यसैगरी निरन्तर २५ वर्ष फोटोग्राफीमा योगदान गरेबापत राजभाइ सुवाल सम्मानित भए । यसै वर्षदेखि एनएफपीजेले ‘प्रेसिडेन्ट अवार्ड’समेत दिन थालेको छ । अध्यक्षको स्वविवेकले दिने भनिएको यस वर्षको अवार्ड एनएफपीजेकै कोषाध्यक्ष सागर श्रेष्ठले पाए । यस्तै, हरिगोपाल प्रधान फोटो पत्रकारिता सम्मानअन्तर्गत साहसिक फोटो पत्रकारिता पुरस्कार कल्पना महर्जन, संस्कृति सम्पदा पत्रकारिता पुरस्कार रत्नकिशोर श्रेष्ठ, मनोरञ्जन फोटो पत्रकारिता पुरस्कार सुरेशकुमार श्रेष्ठ, खेल पत्रकारिता पुरस्कार विजय महर्जन र पर्यापर्यटन फोटो पत्रकारिता पुरस्कार अम्बी तोलाङले पाए । पर्यापर्यटन विधामा गत वर्ष पुरस्कार पाए पनि अनुपस्थित रहेका नारायण सिलवालले यसै कार्यक्रममा गत वर्षको पुरस्कार बुझे । पूर्व सशस्त्र प्रहरी नायब महानिरीक्षक माधव थापाले स्थापना गरेको ‘माधव थापा जोखिमपूर्ण फोटो पत्रकारिता सम्मान’ मुकुन्द कालिकाटेलाई दिइयो । कार्यक्रममा वन तथा वातावरणमन्त्री महतोले फोटो पत्रकारहरू मुलुक समृद्धिको अंग भएको बताए । समाजलाई सुसूचित गराउन फोटो पत्रकारहरूको महत्त्वपूर्ण भूमिका हुने उनको भनाइ थियो । ‘केही साथीहरूले ज्यानकै बाजी राखेर फोटो खिचेको पनि देखेको छु । ती फोटोले हाम्रो देशको संस्कृति, सभ्यता देखाएका छन् । अन्तर्राष्ट्रिय स्तरमा नेपालमा भएका चिजहरूलाई उजागर गरेको छ । पर्यटक भित्र्याउन महत्त्वपूर्ण भूमिका निभाएको छ’, उनले भने । कार्यक्रममा सांसद रामहरि खतिवडाले फोटो पत्रकारितामार्फत खबरदारी सधैं अपेक्षा गरेको बताए । खतिवडाले नेताको घण्टौं लामो भाषणभन्दा फोटो पत्रकारको एउटै फोटोले सशक्त कथा भन्ने बताए । नीति अनुसन्धान प्रतिष्ठान नेपालका निर्देशक दीपककुमार अधिकारीले फोटो पत्रकारिताले आलोचनात्मक खबरदारी गर्नुपर्नेमा जोड दिए ।

नेपालका साँस्कृतिक पर्व विदेशी आकर्षण गर्ने माध्यम : पर्यटनमन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपालका सम्पदा र संस्कृति देशको पहिचान भएकाले यिनको संरक्षण र प्रवद्र्धन गर्नुपर्ने खाँचो औँल्याएका छन् । गाईजात्रा तथा रोपाइँजात्रा मूल समारोह समितिले बौद्ध स्तूप परिसरमा आयोजना गरेको गाईजात्रा तथा रोपाइँ जात्रा समारोह एवं पुरस्कार वितरण कार्यक्रममा मन्त्री श्रेष्ठले नेपालका सांस्कृतिक पर्व र जात्रा विदेशी पर्यटक आकर्षण गर्ने माध्यम भएकाले नेपाललाई अन्तर्राष्ट्रिय जगतमा पहिचान गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।उनले नेपाल बहुभाषिक,

दिलकुमार बाराहीलाई ११ लाख रुपैयाँसहित अन्तर्राष्ट्रिय अवार्ड

न्युज अफ नेपाल,ललितपुर । रातो मच्छिन्द्रनाथ बनाउन ५५ वर्षदेखि संलग्न रहनुभएका दिलकुमार बाराहीलाई यस वर्षको अमूर्त सम्पदा सम्बन्धी अन्तर्राष्ट्रिय अवार्ड प्रदान गरिएको छ । कोरियाको झेन्जु नगरले अमूर्त संस्कृति सम्पदा संरक्षणमा उल्लेखनीय योगदान पु¥याउने व्यक्तिहरूलाई वर्षेनी सो पुरस्कार दिँदै आएको छ । नेपालीले सो पुरस्कार पाएको यो नै पहिलो पटक हो । कोरियाको झेन्जु सहरमा […]

एनआरएनएले यसै वर्षदेखि अरनिको अन्तर्राष्ट्रिय पुरस्कार सुरु गर्ने

काठमाडाैं : गैरआवासीय नेपाली संघको भाषा, साहित्य, संस्कृति तथा सम्पदा संरक्षण समितिले प्रत्येक वर्ष गैरआवासीय नेपाली लेखकहरूका प्रकाशित नेपाली वाङमयको श्रीवृद्धिका लागि एक उत्कृष्ट पुस्तकलाई पुरस्कार प्रदान गर्ने भएको छ। पुरस्कारको नामाकरण नेपाली कलाकार अरनिकोको सम्मानमा 'अरनिको पुरस्कार' राखिएको छ। हालै सम्पन्न नेपाली भाषा, साहित्य तथा संस्कृति अन्तर्राष्ट्रिय पुरस्कार अक्षय कोष प्रबन्ध समितिको बैठकले उत्कृष्ट पुस्तकलाई दुई लाख रुपैयाँ र प्रमाणपत्रसहित पुरस्कृत गर्ने निर्णय गरेको हो। समितिले २०७७ भरी प्रकाश...

एनआरएनएद्वारा दुई लाखको साहित्य पुरस्कार स्थापना

गैरआवासीय नेपाली सङ्घले अन्तर्राष्ट्रिय साहित्य पुरस्कार स्थापना गरेको छ । पुरस्कारको राशि रु दुई लाख रहेको छ । सङ्घको नेपाली भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिले पुरस्कारका लागि आवश्यक प्रक्रिया अघि बढाउने भएको छ । समितिले पुरस्कारका लागि आवश्यक कार्यविधि निर्माण गर्ने समितिका सञ्चार संयोजक गौतम दाहालले जानकारी दिनुभयो । प्रत्येक दुई वर्षमा गैरआवासीय नेपालीले प्रकाशन गरेको कृतिमध्ये उत्कृष्ट कृतिमा छनोट हुने कृतिका रचनाकारलाई स्वर्ण पदकसहित पुरस्कार प्रदान गरिने दाहालले बताउनुभयो