प्रदेश सरकारद्वारा वडा विभाजन गर्न सिफारिस

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले अछामको रमारोशन गाउँपालिका र बझाङको मष्टा गाउँपालिकाको वडा विभाजन गर्न नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशको प्रथम पञ्चवर्षीय योजना (आर्थिक वर्ष २०७८/०८९ देखि २०८२/०८३)को संक्षिप्त अवधारणासमेत स्वीकृत गरेको बैठकपछि आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले जानकारी दिए ।      अवधारणा स्वीकृत भएसँगै आधारपत्र र योजनाको पूर्ण दस्ताबेज तर्जुमाको बाटो खुलेको प्रदेश नीति तथा योजना आयोगको कार्यालयका सचिव नारायणप्रसाद पौडेलले बताए । मष्टा गाउँपालिकाको हाल कायम नौ वडालाई वडा विभाजन गरेर ११ र रमारोशन गाउँपालिकाको हाल कायम सात वडालाई १२ पुर्‍याउन लागिएको छ । रासस

सम्बन्धित सामग्री

वडा विभाजन र सिमाना परिवर्तनको मापदण्ड बनाउने निर्णय

१८ फागुन, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको वडा विभाजन र सिमाना परिवर्तनका लागि आवश्यक मापदण्ड तथा कार्यविधि तर्जुमा गर्ने निर्णय गरेको छ । सामान्य प्रशासनमन्त्री अनिता देवीको अध्यक्षतामा बसेको विषयगत समितिको शुक्रबारको बैठकले तहको वडा विभाजन र सीमाना परिवर्तन गर्ने प्रक्रिया अघि बढाउन नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरेको हो […]

३९० जनप्रतिनिधि निर्विरोध

स्थानीय तह निर्वाचन २०७९ मा विभिन्न राजनीतिक दलका ३ सय ९० जना पदाधिकारी निर्विरोध विजयी भइसकेको निर्वाचन आयोगले जानकारी दिएको छ ।मंगलबार आयोजित पत्रकार सम्मेलनमा निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले नागरिकता प्राप्त गरेका र वडा विभाजन भएका सबै क्षेत्रमा निर्वाचन गर्ने व्यवस्था गरेको बताए । थपलियाले नागरिकता प्राप्त गरेर वडा विभाजन भित्र परेका ६ […]

नागरिकता भए भोट हाल्न पाइन्छ : प्रमुख आयुक्त थपलिया

काठमाडौं : निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले नागरिकता प्राप्त गरेका र  वडा विभाजन भएका सबै क्षेत्रमा निर्वाचन गर्ने व्यवस्था गरेको बताएका छन्।आयोगले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै आयुक्त थपलियाले नागरिकता प्राप्त गरेर वडा विभाजन भित्र परेका ६ हजार ७ सय ४३ वडा भित्रका मतदाता नामवलीमा नाम भएका सबै नागरिकले मतदान गर्न पाउने गरी सबै क्षेत्रमा निर्वाचनको व्यवस्था गरिएको बताएका हुन्। मंगलबार राति १२ बजेपछि मौन अवधि सुरु हुने भएकाले मौन अवधिमा कसैले पनि निर्वाचन प्रच

चुनाव अघि स्थानीय तहको वडा विभाजन नहुने

इलाम – इलामका तीन स्थानीय तहले गरेको वडा विभाजनको प्रस्ताव कार्यान्वयन नहुने भएको छ। स्थानीय तहले गरेको वडा विभाजनको प्रस्तावमा कुनै निर्णय नगरी स्थानीय तहको निर्वाचनको मिति घोषणा भएकाले स्थानीय तहको प्रस्ताव कार्यान्वयन नहुने भएका हुन्। सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनको घोषणा गरेको छ। स्थानीय सरकार सञ्चालन ऐन अनुसार स्थानीय तहको निर्वाचन […]

सात स्थानीय तहका वडा विभाजन र सिमाना हेरफेर गर्दै सरकार

काठमाडौं । सरकारले मुलुभरका ७ वटा स्थानीय तहको वडा संख्या र सिमाना फेरफेर तथा वडा विभाजनको तयारी गरेको छ । सम्बन्धित स्थानीय तहले वडा विभाजन तथा वडा संख्या र सिमाना हेरफेरका लागि सम्बन्धित प्रदेश सरकारका निवेदन दिएपछि प्रदेश सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गरेको थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको प्रादेशकि समन्वय तथा […]

बझाङको मष्टा गाउँपालिकामा ११ वडा पुर्याइने

बझाङ : सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रदेशका दुई पालिकाका वडा विभाजन गर्ने सिफारिस गर्ने निर्णय गरेको छ।प्रदेश सरकारकी प्रवक्ता समेत रहेकी आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले बझाङको मष्टा गाउँपालिकामा ११ वटा वडा पुर्‍याउने र अछामको रामारोशन गाउँपालिकामा वडा विभाजन गरेर १२ वटा वडा पुर्‍याउने निर्णय भएको बताइन्।हाल मष्टामा ९ वटा वडा र रामारोशनमा हाल ७ वटा वडा रहेका छन्। उनले भनिन्, ‘गाउँ सभाबाट निर्णय पारित भएर आएको थियो। सबै प्रक्रिया पुगेकाले हा

प्रदेश सरकारद्वारा वडा विभाजन गर्न सिफारिस

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले अछामको रमारोशन गाउँपालिका र बझाङको मष्टा गाउँपालिकाको वडा विभाजन गर्न नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशको प्रथम पञ्चवर्षीय योजना (आर्थिक वर्ष २०७८/०८९ देखि २०८२/०८३)को संक्षिप्त अवधारणासमेत स्वीकृत गरेको बैठकपछि आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले जानकारी दिए। […]

संघीय सरकारले आवश्यक संरचना नबनाउँदा वडा विभाजन अन्योल

इलाम : स्थानीय सरकारबाट प्रवाह हुने सेवामा सहज पहुँचका लागि इलामका ३ स्थानीय तहमा गरिएको वडा विभाजनको प्रस्ताव अन्योलमा परेको छ। संघीय सरकारबाट वडा विभाजनको नीतिगत व्यवस्थापन हुन नसक्दा प्रस्ताव अन्योलमा परेको हो।ठूलो भूगोल र धेरै जनसंख्या भएका कारण सेवा प्रवाहलाई सहज बनाउन जिल्लाको इलाम नगरपालिका र सूर्योदय नगरपालिकासँगै माङसेबुङ्ग गाउँपालिकाले वडा विभाजन गर्ने प्रस्ताव गरेका थिए।स्थानीय तहको निर्वाचन हुनु एकवर्ष अगावै वडा विभाजन गर्नुपर्ने कानुनी व्यवस्था छ। तर, अहिलेसम्म संघीय सरकारले वडा विभ

वडा विभाजन विवादले नगरसभा प्रभावित

वडा विभाजन विवादले टीकापुर नगरपालिकाको नगरसभा प्रभावित भएको छ । टीकापुर नगरपालिका १ र २ को जनसंख्या र भूगोल बढी भएको भन्दै वडा विभाजन गर्न खोजिएको हो ।

टीकापुरमा वडा विभाजन विवादमा

कैलालीको टीकापुर नगरपालिका वडा नंं १ को वडा विभाजनका लागि राजनीतिक दलबीच भएको सहमती विवादमा तानिँदै गएको छ । स्थानीय राजनीतिक दलले दुई दिन अघि ५ वटा वडा बनाउने निर्णय गरे पनि त्यो तीन दिन टिकेन । राजनीतिक दलले तीन दिनपछि ६ वटा वडा बनाउने सहमती गरेका छन् । कूल ५ वडामा सहमति गरेका राजनीतिक दलले वन गाउँका स्थानीयले नगरपालिकामा तालाबन्दी गरेपछि सहमती फेरेका हुन् । यता ६ वडा बनाउने सहमती गरेपछि टीकापुरका सबै पार्टीका युवाहरुले ६ वडाको विरोध गर्दै शुक्रबार नगरपालिकामा तालाबन्दी गरेका छन् । एमाले