टीकापुरमा वडा विभाजन विवादमा

कैलालीको टीकापुर नगरपालिका वडा नंं १ को वडा विभाजनका लागि राजनीतिक दलबीच भएको सहमती विवादमा तानिँदै गएको छ । स्थानीय राजनीतिक दलले दुई दिन अघि ५ वटा वडा बनाउने निर्णय गरे पनि त्यो तीन दिन टिकेन । राजनीतिक दलले तीन दिनपछि ६ वटा वडा बनाउने सहमती गरेका छन् । कूल ५ वडामा सहमति गरेका राजनीतिक दलले वन गाउँका स्थानीयले नगरपालिकामा तालाबन्दी गरेपछि सहमती फेरेका हुन् । यता ६ वडा बनाउने सहमती गरेपछि टीकापुरका सबै पार्टीका युवाहरुले ६ वडाको विरोध गर्दै शुक्रबार नगरपालिकामा तालाबन्दी गरेका छन् । एमाले