संघीय सरकारले आवश्यक संरचना नबनाउँदा वडा विभाजन अन्योल

इलाम : स्थानीय सरकारबाट प्रवाह हुने सेवामा सहज पहुँचका लागि इलामका ३ स्थानीय तहमा गरिएको वडा विभाजनको प्रस्ताव अन्योलमा परेको छ। संघीय सरकारबाट वडा विभाजनको नीतिगत व्यवस्थापन हुन नसक्दा प्रस्ताव अन्योलमा परेको हो।ठूलो भूगोल र धेरै जनसंख्या भएका कारण सेवा प्रवाहलाई सहज बनाउन जिल्लाको इलाम नगरपालिका र सूर्योदय नगरपालिकासँगै माङसेबुङ्ग गाउँपालिकाले वडा विभाजन गर्ने प्रस्ताव गरेका थिए।स्थानीय तहको निर्वाचन हुनु एकवर्ष अगावै वडा विभाजन गर्नुपर्ने कानुनी व्यवस्था छ। तर, अहिलेसम्म संघीय सरकारले वडा विभ