मकवानपुर - असार अन्तिममा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुरले खरिद गरेको घाँसका बिरुवा किसानलाई वितरण नगरि त्यसै फालिएको छ ।
मकवानपुरगढी गाउँपालिकाका ८ वटै वडाका किसानका लागि भनेर खरिद गरेर लगिएको घाँसका बिरुवा कुहिने अवस्थामा पुगेका छन् ।
मकवानपुरगढीको पशु शाखा प्रमुख सत्यनारायण शाहका अनुसार भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले कुनै समन्वय नगरेको र बिरुवा किन ल्याएर फालियो भन्ने विषयमा आफूलाई जानकारी नभएको बताउनु भयो । तर मकवानपुरगढीका पशु शाखाका कर्मचारीलाई बुझाएर गएको...