किसानलाई ३० हजार कागतीका बिरुवा वितरण

बैतडीको डिलाशैनी गाउँपालिकाले किसानहरूलाई कागतीका बिरुवा वितरण गरेको छ । एक मतदाता एक बिरुवा कार्यक्रमअन्तर्गत ३० हजार कागतीका बिरुवा वितरण गरेकाे गाउँपालिकाले जनाएको छ । आर्थिक वर्ष २०७८/०७९ मा विनियोजित बजेटबाट बिरुवा वितरण गरिएको गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्ट यदुले बताए । यसअघि निवेदन संकलन गरिएकोमा एक परिवारले करिब ५० बिरुवा पाएको प्रवक्ता भट्टले बताए । बिरुवा वितरण कार्यक्रमलाई आर्थिक वर्ष २०७९/०८० मा समेत जारी राख्ने उनको भनाइ छ ।कृषि पेशामा लागेका किसानलाई व्यवसायिक कृषिमा

सम्बन्धित सामग्री

फलफूलका बिरुवा नबिकेपछि वर्षमा १७ लाखको बिरुवा बेच्ने किसान तनावमा

गुल्मी । जिल्लाको रेसुङ्गा नगरपालिका–९ मा वीरबहादुर कार्कीले उत्पादन गरेका बिरुवालाई बजारीकरणको समस्या देखिएको छ । रेसुङ्गा मदाने जडीबुटी तथा कृषि उत्पादन प्रशोधन प्रालि दर्ता गरेर १६ वर्षदेखि उनी बिरुवा उत्पादनमा सक्रिय छन् ।  उनले भने, ‘बाहिरी जिल्लाबाट बिरुवा भित्रिन्छन् । तर, जिल्लाभित्रका बिरुवा विक्री नहुँदा  नर्सरीमा बिरुवा खेर गइरहेका छन् ।’ उनले सुन्तला, कागती, टिमुर, अनार, किबी, चियापत्ती, अम्बा, कुरिलो र धुपीलगायत दर्जनौं बिरुवा उत्पादन गर्दै आएका छन् ।  विभिन्न कार्यालयले किसानलाई विभिन्न प्रकारका बिरुवा वितरण गर्दै आए पनि ती बिरुवा जिल्ला बाहिरबाट भित्रिएका छन् । सदरमुकाममै नर्सरी रहे पनि उनी बिरुवा विक्री नभएपछि पिरलोमा छन् । कार्कीको नर्सरीमा हाल सुन्तला, कागती, टिमुर, अनार, किबी, चियापत्ती, अम्बा, कुरिलो, धुपी, मौसम, गुलाफ, मनकामना, श्रीखण्ड, रुद्राक्ष, स्ट्रबेरी, सुगर फ्री, अङ्गुर र तरकारीजन्य सबै बिरुवा पाइन्छन् । बिरुवाबाट वार्षिक रु सातदेखि १७ लाखसम्म आम्दानी गर्ने कार्की यस वर्ष बिरुवा विक्री नहुने चिन्तामा छन् । ५६ वर्षीय कार्कीले बजारीकरणको ‘ग्यारेन्टी’ भएमा उत्पादन बढाउने बताए । तर, बिरुवा विक्री नभएपछि लगानी घटाउँदै गएको उनको गुनासो छ । ‘किसानलाई बिरुवा वितरण गर्ने कार्यक्रम गुल्मीमा बर्सेनि चल्छन्,’ उनले भने, ‘माटो सुहाउँदो बिरुवा भए पनि हाम्रो विक्री हुन्न, बाहिरी जिल्लाबाट खरिद हुन्छ ।’  सामुद्रिक सतहबाट एक हजार पाँच सयको उचाइमा उत्पादित बिरुवा होचो वा अग्लो दुवै स्थानका लागि उपयुक्त हुने भए पनि बिरुवा विक्रीमा समस्या देखिएको हो ।       कार्कीसँग अहिले कागती रु ४० हजार, सुन्तला ३० हजार, टिमुर १५ हजार, अनार सात हजार, कुरिलो पाँच हजार, धुपी तीन हजार र अन्य बिरुवा एक हजारभन्दा माथिका रहेका छन् । उनले सुन्तला २३, कागती २५, टिमुर ६०, किबी एक सय ५० र अम्बा प्रतिबिरुवा रु ५० मा विक्री गर्छन् ।  उनले विसं २०६४ मा रु २० हजारबाट शुरु गरेको नर्सरी अहिले रु ४६ लाखको पुगेको छ । विगत १६ वर्षदेखि प्रत्येक वर्ष लगानी बढाउँदै गएका व्यवसायी कार्की बिरुवा विक्री नहुन थालेपछि लगानी घटाउने सोचमा छन् । उनले हाल सात रोपनी जग्गामा बिरुवा उत्पादन गरिरहेका छन् । यसमा दुई रोपनी निजी र पाँच रोपनी जग्गा भाडामा छन् । उनले भाडामा लिएको जग्गाको वार्षिक रु १५ हजार भाडा तिर्दै आएका छन् । कार्कीलाई श्रीमती रेनुले नर्सरीमा सघाउँदै आएकी छन् । नर्सरीबाट औसतमा दैनिक पाँच जनाले रोजगारी पाएका जनाइएको छ ।  दुई वर्षअगाडि एउटा टनेल घर निर्माण गर्न रेसुङ्गा नगरपालिकाबाट रु एक लाख अनुदान र्र्लिएको नर्सरी सञ्चालक कार्कीले बताए । ‘अनुदान नपाएको भन्ने मेरो गुनासो नै छैन,’ उनले भने, ‘उत्पादित बिरुवाको बजार ग्यारेन्टी भए पुग्छ ।’  उनी मालिका गाउँपालिका–५ छापहिलेका स्थायी बासिन्दा हुन् । राजनीति र कृषि पेसामा सक्रिय उनी १६ वर्षदेखि जिल्ला सदरमुकाम तम्घासमा बस्दै आएका छन् ।

किसानलाई ३० हजार कागतीमा बिरूवा वितरण

बैतडी – बैतडीको डिलाशैनी गाउँपालिकाले किसानहरूलाई कागतीका बिरुवा वितरण गरेको छ । एक मतदता एक बिरुवा कार्यक्रमअन्तर्गत ३० हजार कागतीका बिरुवा वितरण गरेकाे गाउँपालिकाले जनाएको छ । आर्थिक बर्ष २०७८/०७९ मा विनियोजित बजेटबाट बिरुवा वितरण गरिएको गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्ट यदुले बताए । यसअघि निवेदन संकलन गरिएकोमा एक परिवारले करिब ५० बिरुवा पाएको प्रवक्ता भट्टले बताए […]

किसानलाई ३० हजार कागतीमा बिरुवा वितरण

बैतडी- बैतडीको डिलाशैनी गाउँपालिकाले किसानहरूलाई कागतीका बिरुवा वितरण गरेको छ । एक मतदाता एक बिरुवा कार्यक्रमअन्तर्गत ३० हजार कागतीका बिरुवा वितरण गरेको गाउँपालिकाले जनाएको छ । आर्थिक वर्ष २०७८/०७९ मा विनियोजित बजेटबाट बिरुवा वितरण गरिएको गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्ट यदुले बताए । यसअघि निवेदन सङ्कलन गरिएकोमा एक परिवारले करिब ५० बिरुवा पाएको प्रवक्ता भट्टले बताए […]

पर्वत खाद्यान्न उत्पादनमा आत्मनिर्भर

पर्वत । पछिल्लो २ वर्षयता पर्वतमा बाँझो जमीनमा पनि खेती गर्न थालिएको छ । कोरोना संक्रमणपछि विदेशबाट फर्किएका र बजारमा बस्ने मानिस गाउँमा फर्र्किएर खेतीपाती गर्न थालेपछि खाद्यान्न उत्पादन बढेको हो । कृषि ज्ञान केन्द्रले खेतीयोग्य जमीनको उपयोग भएपछि उत्पादन बढेको र जिल्ला खाद्यान्नमा आत्मनिर्भर भएको बताएको छ । खेतीयोग्य जमीनको एक तिहाइ क्षेत्रफलमा वर्षमा तीन बाली लगाइने कृषि ज्ञान केन्द्रले बताएको छ । केन्द्रले गतवर्षको प्रगति सार्वजनिक गर्दै खाद्यान्न उत्पादनमा जिल्ला आत्मनिर्भर भएको र तरकारी र फलफूलमा समेत जिल्ला आत्मनिर्भरोन्मुख रहेको दाबी गरेको छ । केन्द्र प्रमुख मनिता थापाले धान, गहुँ, मकै र कोदो उत्पादनलाई आधार मान्दा पर्वतवासीलाई पुगेर केही खाद्यान्न बचत हुने बताइन् । ‘जिल्लाको उत्पादन जिल्लाभित्रै उपभोग गर्दा पुग्ने स्थितिमा गएका छौं,’ उनले भनिन्, ‘पछिल्लो २ वर्षमा उत्पादित क्षेत्र र फसल उत्पादन बढेको तथ्यांक आएको छ ।’ जिल्लामा उत्पादन भएको ३६ सय ३० मेट्रिक टन खाद्यान्न बचत हुने थापाले बताइन् । २०६८ को जनगणनाअनुसार जिल्लाको जनसंख्या १ लाख ४६ हजार ५९० छ । एक व्यक्तिले वर्षमा २०१ किलो खाद्यान्न, १२६ किलो तरकारी र १४४ किलो फलफूल खपत गर्ने कृषि प्राविधिकको अनुमान छ । सोही अनुमानका आधारमा खाद्यान्नको माग वर्षमा २९ हजार ४६५ मेट्रिक टन, तरकारी १८ हजार ४७० र फलफूल २१ हजार १६५ मेट्रिक टन छ । जिल्लामा धान, मकै, कोदोलगायत खाद्यान्न ३३ हजार ९५ मेट्रिक टन उत्पादन हुन्छ । १४ हजार ३ सय मेट्रिक टन तरकारी र १२ हजार १ सय ६५ मेट्रिक टन फलफूल उत्पादन हुन्छ । पछिल्लो समय उत्पादनमा आधारित अनुदान, युवा लक्षित कार्यक्रम, अनुदानलगायत कार्यक्रमको प्रभावले खाद्यान्न, तरकारी र फलफूलको उत्पादन वर्षेनि बढिरहेको केन्द्र प्रमुख थापाको दाबी छ । चालू आवमात्रै १ लाख ११ हजार ४१० विभिन्न जातका फलफूलका बिरुवा वितरण गरिएको ज्ञानकेन्द्रले बताएको छ । कृषि ज्ञानकेन्द्रको तथ्यांकअनुसार साढे ८ हजार हेक्टरमा लगाइएको धान खेतबाट करीब ३० हजार टन धान उत्पादन हुन्छ । यो जिल्लाका बासिन्दाले वर्षभरिमा खपत गर्ने खाद्यान्नको करीब ४० प्रतिशत हो । बाँकी मकै, कोदो, गहुँलगायत खाद्यान्नबाट आपूर्ति हुन्छ । जिल्लामा खेतीयोग्य जमीन २८ हजार हेक्टर छ ।