म एमाले प्रवेश गरेको छैन, माओवादीमै छु– टोपबहादुर रायमाझी

काठमाडौं। नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले आफु एमालेमा प्रवेश नगरेको भन्दै माओवादी केन्द्रमै रहेको दावी गरेका छन्। बुधबार सर्वोच्च अदालतमा सांसद पद कायम राखिदिन भन्दै दायर गरेको रिटमा रायमाझीले आफू एमालेमा प्रवेश नगरेको दाबी गरेका हुन। रिटमा उनले लेखेका छन्–“नेकपा एमालेमा म आजसम्म औपचारिकरुपमा प्रवेश गरेको छैन,पार्टी सदस्यता लिएको छैन। नेकपा माओवादीको सदस्य छु।”पार्टीले कारबाही गर्दा स्पष्टीकरण नसोधेको उनले बताए।

सम्बन्धित सामग्री

एमाले प्रवेश गरेका चार पूर्वमाओवादी सांसदको रिट दीपकुमार कार्कीको इजलासमा

नेकपा एमाले प्रदेश गरेका पूर्वमाओवादीका चार सांसदको रिटमा आज सुनुवाई हुँदैछ।  टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले बुधबार पुनर्बाहली माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेक थिए। उनीहरुको...

टोपबहादुर रायमाझी भन्छन्, ‘एमाले प्रवेश गरेको छैन, माओवादीमै छु’

बुधबार सर्वोच्च अदालतमा सांसद् पदको पुनर्बहालीको माग गर्दै दायर गरेको रिटमा रायमाझीले आफूले औपचारिक रुपमा एमाले प्रवेश नगरेको बताउनुभयो ।

सांसद पद बिउँताइदिन माग गर्दै पूर्वमाओवादी नेताद्वारा सर्वोच्चमा रिट

काठमाण्डाै – नेकपा एमाले प्रवेश गरेका चार पूर्वमाओवादीका नेताले सांसद पद पुनर्स्थापनाकाे माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् । पूर्वमन्त्रीहरू समेत रहेका लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरीशङ्कर चौधरी र प्रभु साहले माओवादी केन्द्रले गैरकानुनी रूपमा आफूहरूलाई सांसद पदबाट हटाएको भन्दै सर्वोच्चमा रिट दिएका हुन् ।सर्वोच्चले परमादेशमार्फत सांसद पद पुनर्स्थापना गरिदिनुपर्ने माग गरिएको नेता टोपबहादुर रायमाझीले उज्यालोलाई जानकारी दिनुभयो । माओवादीले गैरकानुनी रूपमा हटाएको र सर्वोच्चले एमाले...

एमाले प्रवेश गरेका पूर्वमाओवादी नेतासँग विप्लवको भेटवार्ता

नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेकपा एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरुसँग भेटवार्ता गरेका छन्।  विप्लव र पूर्वमाओवादी नेताहरुबीच लेखराज भट्टको निवासमा छलफल भएको थियो।  भेटमा भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र...

एमाले प्रवेश गरेका पूर्व माओवादी नेताहरु छलफलमा

काठमाडौं : नेकपा माओवादी केन्द्र परित्याग गरि नेकपा एमाले प्रवेश गरेका नेताहरु आन्तरिक छलफलमा जुटेका छन्।सांसद र मन्त्री दुवै पदबाट मुक्त भएपछि उनीहरु कसरी अघि बढ्ने ? भन्नेबारे निश्कर्ष निकाल्न अनौपचारिक छलफलमा जुटेका हुन्। माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका नेताहरुलाई एमालेभित्रको आन्तरिक समस्याका कारण झनै अप्ठ्यारो भएको छ।छलफलमा पूर्व गृहमन्त्री रामबहादुर थापासहित पूर्वमन्त्रीहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापालगायत सहभागी छन्। माओवादीले दल त्यागेको भन्दै यसअघि नै उनीहरुलाई साधारण

एमाले प्रवेश गरेका गृहमन्त्री थापालाई माओवादी केन्द्रले गर्‍यो कारवाही

न्युज अफ नेपाल, काठमाडौं । माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई पनि कारवाही गरेको छ । माओवादी केन्द्रले एमाले प्रवेश गरेका थापालाई कारवाही गरेको पत्र संघीय संसदमा बुझाएको छ । यसअघि माओवादी केन्द्रले एमाले प्रवेश गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीमाथि कारवाही गरेको थियो । जसअनुसार उनीहरुको प्रतिनिधिसभा सदस्य पद खारेज भएको […]

दल बदलेका चार नेता सांसद र मन्त्रीबाट पदमुक्त

२६ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा एमाले प्रवेश गरेका चार नेताका सांसद र मन्त्री पद खोसिएको छ । टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी दुबै पदबाट पदमुक्त भएका हुन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा सभामुख अग्नि सापकोटाले निर्वाचित अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली–४ का लेखराज भट्ट, रौतहट–३ का प्रभु साह […]