दाङ - दाङको तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको स्मार्ट छोरी कार्यक्रममा करिब ४ सय छोरीको खातामा पैसा जम्मा गरिएको छ ।
छोरीलाई प्रोत्साहन गर्ने उद्देश्यकासाथ २०७७ साउन १ गतेदेखि लागू भएको स्मार्ट छोरी अहिलेसम्म झण्डै ३ सय ८१ जना छोरीको बैंकमा खातामा पैसा जम्मा गरिएको तुलसीपुर उपमहानगरपालिकाले जनाएको छ।
उपमहानगरपालिकाले उनीहरुको बैंक खातामा पहिलो वर्ष एक वर्षमा मासिक एक सयका दरले वार्षिक एक हजार दुईसय रुपैयाँ जम्मा गर्ने व्यवस्था गरिएको थियो । चालु आर्थिक वर्षमा दोब्बरले वृद्धि गरी वार्षिक ...