गर्मी मौसममा पसिना आउनु सामान्य हो । तर, पसिनासँगै दुर्गन्ध आउनु भने समस्या हो । दुर्गन्धले लज्जित बनाउँछ । तर, पसिनाको दुर्गन्ध किन आउँछ भन्ने कुरालाई भने विशेष ध्यान दिनुपर्छ । पसिनाको दुर्गन्धले विभिन्न रोगको संकेत पनि गर्ने गर्छ । शरीरमा आउने दुर्गन्ध के हो ? पसिना छालामा भएको ब्याक्टेरियाको सीधा सम्पर्कमा आएपछि दुर्गन्ध पैदा हुन्छ । पसिना को आफ्नै बास्ना हुँदैन । तर, छालामा हुने ब्याक्टेरिया पसिना सँग मिलेर दुर्गन्ध पैदा गराउँछ । र, शरीरबाट अमिलो, तिखो, प्याज जस्तो बास्ना आउँछ ।&n