'सबै उत्तरी नाका जोड्ने सडक बनाउन चीन तयार'

चीनले आफ्नो स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएका नेपालको पूर्वदेखि पश्चिमसम्मका १४ सय किलोमिटरका विभिन्न नाका खोल्न

सम्बन्धित सामग्री

कोरोला नाका पूर्णरूपमा सञ्चालन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण

बागलुङ : नेपाल चीन जोड्ने मुस्ताङको कोराला नाका पूर्णरूपमा सञ्चालनमा ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष माग गरिएको छ।अन्तरदेशीय व्यापार र पर्यटन प्रवर्द्धनका लागि सो उत्तरी नाका नियमित सञ्चालनका लागि पहल थाल्न सरकारको ध्यानाकर्षण गराइएको हो। आज बागलुङको सर्वसिद्धिधाम पञ्चकोटमा आयोजित ‘अनन्तश्री ब्रह्माण्डीय महायज्ञ’मा सहभागी प्रधानमन्त्री दाहालसमक्ष नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको विकास र समृद्धिका लागि कोराला नाका न

झिर्पुमा चिनियाँ भाषा कक्षा

राजधानी काठमाडौबाट सबैभन्दा नजिकमा रहेको उत्तरी नाका तातोपानी सन् १९६० देखि व्यापार र आवतजावतका लागि सञ्चालनमा छ। नेपाल–चीन सीमा क्षेत्र भोटेकोसीमा चिनियाँहरु दिनहुँ आवतजावत गर्छन्। तर, भाषाको समस्याले कतिपय महत्वपूर्ण काम...

चीनले दियो तातोपानी भन्सारलाई अत्याधुनिक स्क्यानर

चीन सरकारले उत्तरी नाका तातोपानी भन्सार कार्यालयका लागि अत्याधुनिक स्क्यानर मेसिन हस्तान्तरण गरेको छ । नेपालस्थित चिनियाँ राजदूतावासका काउन्सिलर सियू र स्वशासित क्षेत्र तिब्बतको न्यालम जिल्लास्थित अध्यागमनका अधिकारीले भन्सार विभागका उपमहानिर्देशक...

चीन हुँदै तेस्रो मुलुकमा नेपाली उत्पादन निर्यात

काठमाडौँ- चीन हुँदै तेस्रो मुलुकमा नेपाली उत्पादन निर्यात हुन थालेको छ । शुक्रबार नेपालको उत्तरी नाका चीन हुँदै पहिलोपटक तेस्रो मुलुकमा नेपाली उत्पादन निर्यात सुरु गरिएको हो । तातोपानी नाकाबाट नेपाली उत्पादन वाइवाइ चाउचाउ चीन हुँदै जापान निर्यात भएको हो ।

कर्णालीका उत्तरी नाका खोल्न प्रधानमन्त्रीलाई मागपत्र

वीरेन्द्रनगर। कर्णालीको निजीक्षेत्रले चीनसँग जोडिएका नाका खोल्न पहल गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहलसमक्ष माग गरेको छ । कर्णालीमा कोरोनाकालदेखि बन्द भएका उत्तरी नाका अझै खुलेका छैनन् । निजीक्षेत्रले चीनसँग जोडिएका मुगुको नाक्चे नांग्ला, हुम्लाको हिल्सा र डोल्पाको मुरिम्ला नाका खोल्न पहल थाल्न आग्रह गरेको हो । प्रधानमन्त्री दाहाल सुर्खेत आएको अवसरमा सोमवार सुर्खेत उद्योग वाणिज्य संघले विभिन्न १९ बुँदे मागपत्र समेत बुझाएको छ । लामो समयदेखि रोकिएर रहेका चौकुने र लखरपाटामा सिमेन्ट कारखाना स्थापनाका लागि सडक, विद्युत् लगायत पूर्वाधार बनाउनुपर्ने, सुर्खेतको साटाखानीमा प्रस्तावित एक हजार बिगाहा क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापनाका लागि यथाशीघ्र कार्यारम्भ गर्नुपर्ने र प्रदेशअन्तर्गतका प्रत्येक जिल्लामा औद्योगिक ग्राम स्थापना गर्नुपर्ने माग यहाँको निजीक्षेत्रको छ । यसैगरी सुर्खेत विमानस्थलको धावनमार्ग विस्तारका लागि बजेट विनियोजन गर्न, जडीबुटी संकलन तथा प्रशोधन केन्द्र सञ्चालनमा ल्याउन आवश्यक मेशिन, औजार उपकरणको व्यवस्था गर्न र माथिल्लो कर्णाली, नलगाडलगायत जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया थाल्न सरकारलाई आग्रह गरिएको छ । सुर्खेतमा प्रादेशिक स्तरको प्रदर्शनीस्थल निर्माण गर्नुपर्ने माग समेत निजीक्षेत्रको छ । मागपत्र बुझ्दै प्रधानमन्त्री दाहालले कर्णालीको निजीक्षेत्रका उक्त मागहरूप्रति आफू सकारात्मक रहेको बताउनुभयो । कर्णालीको विकास र समृद्धिका लागि सरकार सदैव प्रतिबद्ध रहेको समेत उहाँले बताउनुभएको छ । ‘सरकारले कर्णालीका समस्या र अभावलाई नजिकबाट नियालेको छ । बेरोजगारी समस्याले युवा विदेशिनुपरेको राम्ररी थाहा छ,’ उहाँले भन्नुभयो, ‘त्यो अवस्था अन्त्य गर्न सरकारले काम गरिरहेको छ ।’ कर्णाली प्रदेशको मेरुदण्डको रूपमा रहेका कर्णाली कोरिडोर, कर्णाली राजमार्ग, भेरी कोरिडोर, राप्ती लोकमार्ग, थारमारे चौरजहारी मार्ग, कैलाश मानसरोवर दर्शन क्षेत्र हुँदै मुक्तिनाथ जोड्ने सडक योजना जस्ता रणनीतिक महत्त्वका योजना पूरा गर्न संघीय सरकारले प्राथमिकताका साथ बजेट विनियोजन गरेको प्रधानमन्त्री दाहालले बताउनुभयो । ‘बेरोजगारी अन्त्य गरी गरीबी निवारण तथा आर्थिक रूपान्तरणका लागि कर्णाली प्रदेश सरकारको समृद्धि अभियानलाई संघीय सरकारको पूर्ण साथ र सहयोग रहनेछ,’ प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘कर्णालीको विकासलाई मैले सधैं प्राथमिकतामा राख्दै आएको छु, आगामी दिनमा समेत नीति, कार्यक्रम र बजेटमा यस प्रदेशलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’ केही सातामा मित्र राष्ट्र चीन भ्रमणमा कर्णाली कोरिडोर र भेरी कोरिडोर निर्माणमा महत्त्वपूर्ण सम्झौता गर्ने तयारीमा आफू रहेको प्रधानमन्त्री दाहालको भनाइ थियो । उहाँ सोमवारदेखि वीरेन्द्रनगरमा शुरू भएको नेकपा माओवादी केन्द्रको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन सुर्खेत आउनुभएको हो ।

केरुङ प्रवेशको परिचयपत्र सहज पारिदिन आग्रह

रसुवा : नेपाल–चीन बीचको उत्तरी नाका रसुवागढीबाट केरुङ जान पाउने परिचयपत्र सहजरूपले उपलब्ध गरिदिन व्यवसायीले आग्रह गरेका छन्। एकातिर व्यवसायी केरुङ जान नपाउँदा अर्काको भरमा सवारी साधन पठाउन बाध्य र अर्काेतर्फ टिमुरेदेखि केरुङसम्म २४ किमी दूरीको चर्को ज्याला तिर्न बाध्य भएको भन्दै केरुङ जान पाउने सीमापास सहजरूपले उपलब्ध हुन व्यवसायीले माग गरेका हुन्।गृह मन्त्रालयअन्तर्गतको अध्यागमन विभागले तय गरेको चीन प्रवेश सम्बन्धी कार्यविधि २०७६ बमोजिम रसुवागढी नाकाबाट चालक, कामदार एवं व्यापारी तथा

चीनको बीआरआईले नेपालाई ‘ऋणको जालो’ मा फसाउन खोजेको विज्ञहरुको निष्कर्ष

काठमाडौं, १८ चैत्र । कोरोना महामारीलाई कारण देखाउँदै साढे दुई वर्षसम्म उत्तरी नाका ठप्पप्रायः पारेको चीनले अझै सहज बनाएको छैन । यसलाई कतिपयले नाकाबन्दी भनिरहेका छन् ।चीनले पछिल्लो समय बीआरआई परियोजनालाई अघि बढाउन खोजिरहेको छ। यसतर्र्फ देशभित्र र बाहिर समेत चासो देखिएको छ । सन् २०२० देखि नेपाल–चीन सीमा बन्द जस्तै हुँदा काठमाडौंको चीनसँगको व्यापार […]

सकसपूर्ण उत्तरी नाका

मित्रराष्ट्र चीनले नेपाललाई सधैँ प्राथमिकतामा राखेको पाइन्छ । भूकम्प होस् वा कोभिड महामारी वा अन्य दुःख पर्दा सबैभन्दा बढी सहयोग गर्ने छिमेकी देश चीन नै हो । चीनकै सहयोगमा सीमा...

साढे दुई महिनापछि सञ्चालनमा आयो चीन जोड्ने तातोपानी पुग्ने सडक

काठमाडौं : उत्तरी नाका तातोपानी पुग्ने सडक साढे दुई महिनापछि सञ्चालनमा आएको छ। असार १ गतेपछि बन्द रहेको सडक बिहीवार साँझबाट सञ्चालनमा आएको हो। लिपिङ बजारमा रहेको पुलसम्म पुग्ने एप्रोच लिंक मर्मत सकिएर बेलुकीसम्म सञ्चालनमा आएको डिभिजन सडक कार्यालय चरिकोटका इन्जिनियर गोविन्द दुमारुले बताए। उनका अनुसार बुधवार नै सञ्चालनमा ल्याउने…

चीन प्रवेशको एकमात्र रसुवागढी नाका बन्द

नेपाल-चीन प्रवेशका लागि हाल सन्चालनमा रहेको एकमात्र उत्तरी नाका रसुवागढी बन्द गरिएको छ। चीन पक्षले पहिरोको कारण देखाउँदै नाका बन्द