झिर्पुमा चिनियाँ भाषा कक्षा

राजधानी काठमाडौबाट सबैभन्दा नजिकमा रहेको उत्तरी नाका तातोपानी सन् १९६० देखि व्यापार र आवतजावतका लागि सञ्चालनमा छ। नेपाल–चीन सीमा क्षेत्र भोटेकोसीमा चिनियाँहरु दिनहुँ आवतजावत गर्छन्। तर, भाषाको समस्याले कतिपय महत्वपूर्ण काम...

सम्बन्धित सामग्री

मनाइयो अन्तर्राष्ट्रिय चिनियाँ भाषा दिवस

१५ औँ संयुक्त राष्ट्रसङ्घ अन्तर्राष्ट्रिय चिनियाँ भाषा दिवस तथा पाँचौँ राष्ट्रिय चिनियाँ भाषा दिवस नेपालमा पनि विभिन्न कार्यक्रमका साथ मनाइएको छ । ‘पारस्परिक शिक्षाको साँघुमार्फत संस्कृतिहरू जोड्दै’ मूल नाराका साथ काठमाडौँस्थित एलआरआई स्कुलमा आयोजित कार्यक्रममा चिनियाँ भाषा अध्ययनरत विद्यार्थीले नृत्य तथा वक्तृत्वकला प्रस्तुत गरेका थिए । चिनियाँ सरकारले नेपाली विद्यार्थीलाई भाषाको अतिरिक्त ज्ञान दिने उद्देश्यले नेपालका विश्वविद्यालय तथा विद्यालयमा चिनियाँ मूलका शिक्षकद्वारा चिनियाँ भाषाको अध्यापन गराउँदै आएको छ ।

सीमा सुरक्षामा भाषा बन्यो समस्या

खासगरी नेपाल–चीन सीमा क्षेत्रमा खटिने सशस्त्र प्रहरीलाई चिनियाँ भाषा नबुझ्दा समस्या हुने गरेको छ।...

चिनियाँ भाषा स्वागत समारोहमा विभिन्न विद्यार्थी पुरस्कृत

काठमाडौं : काठमाडौंस्थित चिनियाँ राजदूतावासले चिनियाँ भाषा, सांस्कृतिक प्रस्तुति, चित्रकलालगायतका विभिन्न ४ विधाका उत्कृष्ट प्रतियोगी विद्यार्थीलाई पुरस्कृत गरेको छ। चिनियाँ शिक्षा स्वागत समारोह आयोजना गरी माध्यमिक तहका विद्यालयका विद्यार्थीका लागि १६औँ चाइनिज–ब्रिज चिनियाँ प्रवीणता प्रतियोगितामा उत्कृष्ट विद्यार्थीलाई अवार्ड वितरण गरिएको हो।समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले प्रतियोगितामा सहभागी भई उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई बधाई दिँदै नयाँ आविष

पर्यटक प्रहरीलाई चिनियाँ भाषाको प्रशिक्षण

३२ जेठ, काठमाडौं। नेपाल प्रहरीको पर्यटन क्षेत्रमा कार्यरत रहेका प्रहरी कर्मचारीलाई चिनियाँ भाषा प्रशिक्षण दिइएको छ। पर्यटक प्रहरी, इमर्जन म्यान्डरिन एकेडेमी (आइएमए) र इष्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीको सहकार्यमा पर्यटक प्रहरीलाई दुई महिने चिनियाँ भाषा प्रशिक्षण दिइएको हो । प्रशिक्षणमा सहभागी पर्यटक प्रहरीलाई बुधबार प्रमाणपत्र वितरण गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश […]

प्रहरीलाई चिनियाँ भाषा तालिम

प्रहरीलाई चिनियाँ भाषा तालिम प्रदान गरिएको छ। पर्यटक प्रहरी, इमर्जन म्यान्डरिन एकेडेमी (आइएमए) र इष्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीको सहकार्यमा पर्यटक प्रहरीलाई दुई महिने चिनियाँ भाषा प्रशिक्षण दिइएको हो।

चिनियाँ भाषा निरन्तर

भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले नगरपालिकाले अध्यापन गराउँदै आएको चिनियाँ भाषा कक्षालाई निरन्तरता दिने बताएका छन् ।

पर्यटक प्रहरीलाई निःशुल्क चिनियाँ भाषा पढाउँदै इमर्सन एकाडेमी

काठमाडौं, माघ २१ । .इमर्सन म्यानडरिन एकेडेमी (आईएमए)ले नेपाली प्रहरीका पर्यटक प्रहरीहरूलाई निःशुल्क चिनियाँ भाषा पढाउन थालेको छ। इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीसँगको सहकार्यमा गत फेब्रुअरी १ बाट एकेडेमीले प्रहरीहरूलाई चिनियाँ भाषा पढाउन थालेको हो। एकेडेमीकी निर्देशक प्रमिला तामाङ, नेपाल पर्यटन बोर्डका महानिर्देशक होमप्रसाद लुइँटेल, पर्यटक प्रहरीका डीएसपी सुगन्ध श्रेष्ठ, इस्ट चाइना युनिभर्सिटीका प्राध्यापक सिन […]

हार्वर्डको चिनियाँ भाषा कार्यक्रम बेइजिङबाट ताइपेइ स्थानान्तरण हुने

हार्वर्ड विश्वविद्यालयले आफ्नो चिनियाँ भाषा कार्यक्रम चीनको राजधानीबाट ताइवानको राजधानी ताइपेइ लैजाने भएको छ। आउँदो वर्षदेखि हार्वर्डले चिनियाँ भाषा कार्यक्रम ताइपेइ लैजाने व्यवस्थापकले जानकारी दिएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ। हार्वर्ड बेइजिङ एकेडेमी समर स्टडी अबोर्ड प्रोग्रामकी निर्देशक जेनिमर लिउले विद्यार्थीहरुले सञ्चालन गरेको पत्रिका द हार्वर्ड क्रिम्सउनलाई चिनियाँ भाषा कार्यक्रम ‘होस्ट’ गरिरहेको संस्थाबाट मित्रवत […]

इजरायलमा चिनियाँ भाषाप्रतिको आकर्षण बढ्दो

इजरायलमा चिनियाँ भाषाप्रतिको आकर्षण दिनप्रति दिन बढ्दै गइरहेको पाइएको छ । इजरायली शिक्षा मन्त्रालयसमेत विद्यार्थीहरुलाई चिनियाँ भाषा अध्ययनका लागि प्रेरित गर्ने गरेको जनाइएको छ । विश्व बजारमा चिनियाँ प्रभाव बढ्दै गइरहेकाले चिनियाँ भाषा उपयोगी र प्रभावकारी हुने देखिएकाले चिनियाँ भाषा सिक्न प्रेरित गर्ने गरिएको इजरायली अधिकारीहरुको भनाइ छ । इजरायलमा सन् २००९ बाट राष्ट्रिय पाठ्यक्रममा चिनियाँ भाषालाई समावेश गरिएको थियो । त्यसपछि लगातार यो पाठ्यक्रम लोकप्रिय हुदै गएको छ ।