कर्णालीका उत्तरी नाका खोल्न प्रधानमन्त्रीलाई मागपत्र

वीरेन्द्रनगर। कर्णालीको निजीक्षेत्रले चीनसँग जोडिएका नाका खोल्न पहल गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहलसमक्ष माग गरेको छ । कर्णालीमा कोरोनाकालदेखि बन्द भएका उत्तरी नाका अझै खुलेका छैनन् । निजीक्षेत्रले चीनसँग जोडिएका मुगुको नाक्चे नांग्ला, हुम्लाको हिल्सा र डोल्पाको मुरिम्ला नाका खोल्न पहल थाल्न आग्रह गरेको हो । प्रधानमन्त्री दाहाल सुर्खेत आएको अवसरमा सोमवार सुर्खेत उद्योग वाणिज्य संघले विभिन्न १९ बुँदे मागपत्र समेत बुझाएको छ । लामो समयदेखि रोकिएर रहेका चौकुने र लखरपाटामा सिमेन्ट कारखाना स्थापनाका लागि सडक, विद्युत् लगायत पूर्वाधार बनाउनुपर्ने, सुर्खेतको साटाखानीमा प्रस्तावित एक हजार बिगाहा क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापनाका लागि यथाशीघ्र कार्यारम्भ गर्नुपर्ने र प्रदेशअन्तर्गतका प्रत्येक जिल्लामा औद्योगिक ग्राम स्थापना गर्नुपर्ने माग यहाँको निजीक्षेत्रको छ । यसैगरी सुर्खेत विमानस्थलको धावनमार्ग विस्तारका लागि बजेट विनियोजन गर्न, जडीबुटी संकलन तथा प्रशोधन केन्द्र सञ्चालनमा ल्याउन आवश्यक मेशिन, औजार उपकरणको व्यवस्था गर्न र माथिल्लो कर्णाली, नलगाडलगायत जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया थाल्न सरकारलाई आग्रह गरिएको छ । सुर्खेतमा प्रादेशिक स्तरको प्रदर्शनीस्थल निर्माण गर्नुपर्ने माग समेत निजीक्षेत्रको छ । मागपत्र बुझ्दै प्रधानमन्त्री दाहालले कर्णालीको निजीक्षेत्रका उक्त मागहरूप्रति आफू सकारात्मक रहेको बताउनुभयो । कर्णालीको विकास र समृद्धिका लागि सरकार सदैव प्रतिबद्ध रहेको समेत उहाँले बताउनुभएको छ । ‘सरकारले कर्णालीका समस्या र अभावलाई नजिकबाट नियालेको छ । बेरोजगारी समस्याले युवा विदेशिनुपरेको राम्ररी थाहा छ,’ उहाँले भन्नुभयो, ‘त्यो अवस्था अन्त्य गर्न सरकारले काम गरिरहेको छ ।’ कर्णाली प्रदेशको मेरुदण्डको रूपमा रहेका कर्णाली कोरिडोर, कर्णाली राजमार्ग, भेरी कोरिडोर, राप्ती लोकमार्ग, थारमारे चौरजहारी मार्ग, कैलाश मानसरोवर दर्शन क्षेत्र हुँदै मुक्तिनाथ जोड्ने सडक योजना जस्ता रणनीतिक महत्त्वका योजना पूरा गर्न संघीय सरकारले प्राथमिकताका साथ बजेट विनियोजन गरेको प्रधानमन्त्री दाहालले बताउनुभयो । ‘बेरोजगारी अन्त्य गरी गरीबी निवारण तथा आर्थिक रूपान्तरणका लागि कर्णाली प्रदेश सरकारको समृद्धि अभियानलाई संघीय सरकारको पूर्ण साथ र सहयोग रहनेछ,’ प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘कर्णालीको विकासलाई मैले सधैं प्राथमिकतामा राख्दै आएको छु, आगामी दिनमा समेत नीति, कार्यक्रम र बजेटमा यस प्रदेशलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’ केही सातामा मित्र राष्ट्र चीन भ्रमणमा कर्णाली कोरिडोर र भेरी कोरिडोर निर्माणमा महत्त्वपूर्ण सम्झौता गर्ने तयारीमा आफू रहेको प्रधानमन्त्री दाहालको भनाइ थियो । उहाँ सोमवारदेखि वीरेन्द्रनगरमा शुरू भएको नेकपा माओवादी केन्द्रको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन सुर्खेत आउनुभएको हो ।

सम्बन्धित सामग्री

तीन वर्षदेखि चीनले खोलेन ताक्लाकोट नाका, नेपालले पहलै गरेन

कोरोनाको बहानामा चीनले ताक्लाकोट नाका बन्द गरेपछि त्यहाँका स्थानीय वासिन्दा समस्यामा परेका छन्। तीन वर्षदेखि बन्द रहेको यो नाका अझै सञ्चालनमा आउन सकेको छैन। चीनसित जोडिएका अन्य उत्तरी नाका खोल्न पहल भए ...

ताप्लेजुङका उत्तरी नाका खुलाउन पहल गर्न सांसद भट्टराई पुगे परराष्ट्र मन्त्रालय

काठमाडौं । चीनसँग जोडिएका ताप्लेजुङका उत्तरी नाका खोल्न जिल्लाका एक्ला संघीय सांसद योगेश भट्टराई परराष्ट्र मन्त्रालय पुगेका छन् । भट्टराईले परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल तथा मन्त्रालयका दक्षिण पूर्व एसिया र प्यासिफिक डिभिजन हेर्ने सहसभिव कोलबहादुर थापालाई भेटेर कूटनीतिक क्षेत्रबाट समाधान हुने समस्या फुकाउन र नाका खुलाउन आवश्यक कूटनीतिक पहल गर्न ध्यानाकर्षण गराएका छन् । […]

गोरखाका उत्तरी नाका दुई वर्षदेखि ठप्प

कोरोना महामारी सुरु भएयता दुई वर्षअघि चीनले उत्तरी गोरखामा पर्ने दुई नाका बन्द गर्‍यो । चुमनुव्री–१ सामागाउँको रुइला र वडा ७ को छेकम्पारको ङुइला नाका खोल्न स्थानीयले पटकपटक माग गरे पनि सुनुवाइ भएको छैन ।

गोरखाका उत्तरी नाका खोल्न माग

खाद्यान्न अभाव बढेपछि उत्तरी गोरखाको चुम्चेत र छेकम्पारवासीले उत्तरी नाका खुलाउन माग गरेका छन् । कोरोना जोखिम बढेसँगै उत्तरी दुई चिनियाँ नाका दुई वर्षदेखि बन्द छन् । चुमभ्याली हुँदै जाने छेकम्पारको ङुइला भञ्ज्याङ र चुमनुब्री गाउँपालिका–१ सामागाउँस्थित रुइला नाका खोल्न चुमनुब्रीका स्थानीयले माग गरेका हुन् ।

तातोपानी नाका खोल्न चीन किन चिसो ?

२०७२ को भूकम्पपछि बन्द हुने र खुल्ने सिलसिलामा नै घिटी–घिटी चलिरहेको उत्तरी नाका केरुङ र तातोपानी अझै राम्रोसँग व्यवस्थित ढंगले सुचारु हुन सकेका छैनन् । कोभिड—१९ का कारण होस् या अन्य, सबैको मारमा यी दुई नाका परे । नेपालमा संविधान जारी हुँदा दक्षिणबाट नाकाबन्दी भयो । त्यो समयमा पनि तातोपानी नाका राम्रोसँग नखुल्द…

तातोपानी नाका खोल्न चीन किन चिसो ?

२०७२ को भूकम्पपछि बन्द हुने र खुल्ने सिलसिलामा नै घिटी–घिटी चलिरहेको उत्तरी नाका केरुङ र तातोपानी अझै राम्रोसँग व्यवस्थित ढंगले सुचारु हुन सकेका छैनन् । कोभिड—१९ का कारण होस् या अन्य, सबैको मारमा यी दुई नाका परे । नेपालमा संविधान जारी हुँदा दक्षिणबाट नाकाबन्दी भयो । त्यो समयमा पनि तातोपानी नाका राम्रोसँग नखुल्द…

तातोपानी नाका खोल्न चीन किन चिसो ?

२०७२ को भूकम्पपछि बन्द हुने र खुल्ने सिलसिलामा नै घिटी–घिटी चलिरहेको उत्तरी नाका केरुङ र तातोपानी अझै राम्रोसँग व्यवस्थित ढंगले सुचारु हुन सकेका छैनन् । कोभिड—१९ का कारण होस् या अन्य, सबैको मारमा यी दुई नाका परे । नेपालमा संविधान जारी हुँदा दक्षिणबाट नाकाबन्दी भयो । त्यो समयमा पनि तातोपानी नाका राम्रोसँग नखुल्द…

सरकारले पत्र पठाए सबै उत्तरी नाका जोड्ने सडक चीनले बनाउँछ : ओली

साउन १६ । चीले आफ्नो स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएका नेपालको पूर्वदेखि पश्चिमसम्मका १४ सय किलोमिटरका विभिन्न नाका खोल्न र नेपालतर्फको सडक निर्माण गर्न...

'सबै उत्तरी नाका जोड्ने सडक बनाउन चीन तयार'

चीनले आफ्नो स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएका नेपालको पूर्वदेखि पश्चिमसम्मका १४ सय किलोमिटरका विभिन्न नाका खोल्न