काठमाण्डाै – सत्तारूढ नेपाली कांग्रेसका नेता डा. मिनेन्द्रप्रसाद रिजालले नेपालीलाई नागरिकताविहीन बनाउने अधिकार राष्ट्रपतिलाई समेत नभएको बताउनुभएको छ ।
बिहीवार प्रतिनिधि सभा बैठकमा राष्ट्रपतिले फिर्ता पठाउनुभएको नागरिकता विधेयकमाथिको छलफलमा भाग लिँदै उहाँले जस्तोसुकै सम्मानित पद भए पनि नेपालीलाई नागरिकताविहीन बनाउने अधिकार नभएको बताउनुभएको हो । नागरिकता विधेयक ढुङ्गाको अक्षर नभएको उल्लेख गर्दै नेता रिजालले त्यसलाई तत्काल पारित गरेर लैजानुपर्ने बताउनुभयो । संसद्को कुनै पनि सदस्यलाई नेपालीलाई नागरिकतावि...